निवुवाखर्कमा ५ दिने वोल्ने कला तालिम सम्पन्न

Read Time:2 Minute, 37 Second

विनोद रखाली मगर

  माघ ११, गल्याङ् – आदिवासी जनजाति समन्वय परिषद् निवुवाखर्क गाविसको आर्थिक वर्ष ७१, ७२ अन्तरगर्त लक्षित वर्ग अन्तरगतको आर्थिक व्यवस्थापनमा आदिवासी जनजाती शसक्तिकरण तथा ५ दिने मन्चिय उद्धघोषण एंव नेतृत्व विकाश तालिम स्याङ्जाको निवुवाखर्कमा सम्पन्न भएको छ ।

तालिमको समापन गर्दै निवुवाखर्क गाविसका पूर्व अध्यक्ष निमेन्द्र थापा मगरले वोल्ने कलाको शैलि सम्पूर्ण मानव जातिलाई अति आवश्यक रहेको भन्दै व्यवहारमा उतार्न प्रशिक्षार्थीलाई आग्रह गरे ।  नेपाल मगर संघ स्याङ्जाका सचिव लोकेन्द्र तराँमु मगरले पहिचान सहितको सङ्घिय सविंधान निमार्णमा आदिवासी जनजातीको ध्यान केन्द्रित भएको जनाउदै तालिमले आदिवासी जनजाती युवा वर्गलाई सुसोचित वनाउदै आफ्नो पहिचान रक्षामा वल पुर्याउन कोशे ढुङ्गा सावित हुने चर्चा गरे ।

  कार्यक्रममा कालिका उच्च मा.वि का प्राचार्य चिन्तामणि न्यौपाने , समाजसेवि केशविर राना मगर , एनेकपा माओवादीका प्रतिनिधि भोजराज पाण्डे , प्रशिक्षक जि.वी राना मगर , गुप्त राना मगर , स्थानिय महिला स्वयम्सेविका विन्दु न्यौपाने , मधु न्यौपाने , धनमाया थापा मगर , लगाएतले वोलेका थिए ।

निवुवाखर्क गाविसका करिव ५० आदिवासी जनजाती युवाहरुको सहभागिता रहेको तालिममा लक्ष्मी टेलिभिजनका समाचार प्रमुख विनोद रखाली मगर , सन्चारकर्मी जि.वी राना मगर र गुप्त राना मगरले नेतृत्व तथा व्यक्तित्व विकाश, स्टेज उद्धघोषण लगाएतका वारे प्रशिक्षण दिएका थिए ।

आदिवासी जनजाति समन्वय परिषद् निवुवाखर्क गाविसका अध्यक्ष क्या.कर्णविर थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रम शमसेर थापा मगरको स्वागत सगै सुरु भै कमल राना मगरको सन्चालनमा सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %