सरसफाईको लागी पाल्पामा आयो ७२ लाख ।
देब पचभैया
पाल्पा, माघ ९ – जिल्ला बिकास समिति पाल्पाले जिल्लाका पत्रकारहरु संग सरसफाई र स्वच्छता सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार जिबिस हलमा भएको अन्र्तक्रिया कार्यक्रममा सन् २०१५ मा पाल्पालाई खुला दिसापिसाब क्षेत्र घोषणा गर्ने अभियानमा लागेको बेला कसरी त्यो अभियानलाई पुरा गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको छ ।
कार्यक्रममा जिल्ला बिकास समिति पाल्पाका ईन्जिनियर छबि पाठकले पाल्पामा १७ वटा गासिब खुला दिसा पिसाब मुक्त क्षेत्र घोषण भएको जानकारी दिए । ७ गाबिसमा ९० प्रतिशत, १० गाबिसमा ८० प्रतिशत र बाँकी गाबिस हरुमा ७० प्रतिशतले शौचालयहरु निर्माण भएको उनले जानकारी दिए । प्रमुख जिल्ला ईन्जिनियर भिर्माजुन पाँण्डेले अरु क्षेत्रमा पाल्पा जिल्ला धेरै अगाडि भएपनि सरसफाई र स्वच्छताको हिशाबले पाल्पा निकै पछाडी रहेको बताए ।
छलफल कार्यक्रममा सहभागी पत्रकारहरुले जिल्ला भरीका घर घरमा सौचालय निर्माण संगै चेतनाको स्तरलाई बृद्धि गर्ने खालका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिएका थिए । सदरमुकाम तानसेनकै फोहरमैला एबं ढलको उचित ब्यवस्थापन गर्न नसकिएकोमा उनीहरुले जोड दिएका थिए । तानसेनको ढल हुलाङ्गंदीमा देखिदा जिल्लामा आउने पाहुनाहरुले नकारात्मक रुपमा हेर्ने र सोही फोहोर पानी बागबानीको तरकारी खेतीमा लगाउदा त्यसले मानब स्वास्थ्यमा समेत असर परेको भन्दै तानसेको ढललाई ब्यवस्थित गर्न सुझाब दिएका छन् ।
न्युन आयभएकाहरुलाई शौचालय निर्माणको लागी प्रदान गरिने आर्थिक सहयोगलाई बढाउन सुझाब दिदै बक्ताहरुले पैसा भएर पनि सौचालय नबनाएका र बनाएकाहरुले पनि प्रयोग नगरेको अवस्थामा शौचालय र सरसफाईको महत्वको बिषयमा जानकारी दिनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा बोल्नेहरुले तानसेनका बिभिन्न स्थानमा शार्बजनिक शौचालय राख्नुपर्ने भन्दै सरसफाई र सौचालय निर्माणको लागी बिधार्थी र गाउ गाउमा रहेका युवा कलब तथा महिला समुहमा केन्द्रित भएर कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।
अन्र्तक्रिया कार्यक्रमका अध्यक्ष एबं स्थानिय बिकास अधिकारी कृण्ण प्रसाद पाण्डेले पत्रकारहरुले दिएका सुझाबलाई मनन् गर्दे अगाडि बढ्ने जानकारी दिए ।उनले जिल्लाका सबै नागरिक मिलेर अघि बढे मात्रै उदेश्यमा पुग्न सकिने बिश्वास दिलाए । पाल्पाका ६० गाबिस र रामपुर नगरपालीकालाई खुला दिसापिसाब मुक्त क्षेत्र घोषणा गर्ने अभियानमा सबैको सहयोग पाउने आसा राख्दै स्थानिय बिकास अधिकार पाण्डेले तानसेन नगर पालीका भित्रको ढल ब्यवस्थापन र फोहोरको ब्यवस्थापनमा सबैलो चासो दिएर समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
अन्र्तक्रिया कार्यक्रममा पत्रकार महासंघ पाल्पाका सभापति राजेश कुमार अर्यालले पाल्पालाई खुला दिसापिसाब मुक्त क्षेत्र जिल्लाको रुपमा घोषणा गर्ने बाताबरण मिलाउनको लागी जिल्लाका सबै पत्रकाहरु एक भएर अघि बढ्ने बताए । कागजी काम भन्दा पनि ब्यवहारीक परिबर्तन हुनुपर्नेमा जोड दिदै उनले सरसफाई र स्वच्छताको लागी पाल्पामा आएको ७२ लाख रमकलाई पारदर्शि रुपमा उपलब्धी हुने काममा खर्चन पनि आग्रह गरेका छन् ।
