सनु थापा मगर
बुटवल , माघ ९ – नेपाल तामाङ घेदुङ संघ जिल्ला समिति रुपन्देहीले २८५१ औँ सोनाम ल्होछार भव्यताका साथ सम्पन्न गरेको छ ।
गत बुधबार देवदह चरङ्गेमा विविध कार्यक्रम सहीत तामाङहरुले आफ्नो मौलिक पर्व सोनाम ल्होछार विविध सांस्कृतिक कार्यक्रमका साथमा एकै साथ रुपन्देहीका सबै तामाङ समुदायले एकै ठाँउमा भोजन ग्रहण गरेर एक आपसमा शुभकामना र खुसी साटासाट गर्दै यो पर्व उल्लासमय रुपमा मनाएका हुन् ।
मञ्जु श्री पात्रो अनुसार तामाङ समुदायले नयाँ वर्षको स्वागत गर्दै यो पर्व मनाए । यो वर्ष घोडा वर्गलाई विदाई र भेडा वर्गलाई स्वागत गर्दै तामाङहरुले सोनाम ल्होछार मनाएका हुन ।
कार्यक्रममा बोल्दै नेपाल मगर महीला संघ रुपन्देहीका उपाध्यक्ष गिता सारु मगरले पहिचान सहितको संघीयताको लागि तामाङ समुदाय पनि लाग्नु पर्ने बताए । अहीलेको संविधानमा आदीवासी जनजातिको मुद्दामा विशेष गरेर राष्ट्रिय जनमुक्ति पार्टीले महत्वपुर्ण भुमिका खेलेको उल्लेख गरे । तर तामाङ समुदायको यती ठुलो पर्वको अवसरमा भैरहेको कार्यक्रममा सबै पार्टीको पार्टी प्रतिनिधीहरुलाई बोलाउदा जनमुक्ति पार्टीलाई नसम्झेकोमा दुख लागेको बताए । यसरी कुनै पार्टीलाई काखा र कुनै पार्टीलाई पाखा गर्न नहुने जिकिर गरे ।
कार्यक्रममा बुटवल उप महानगरपालीकाका प्रशासकीय अधिकृत कृष्ण ज्ञवाली,जनजाति महासंघका रुपन्देही जिल्ला उपाध्यक्ष कृष्ण मोक्तान,छन्त्याल संघ रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्याल,थकाली सेवा समितिका अध्यक्ष शिव प्रसाद शेरचन,तमु ह्युल छोँजधी गुरुङ राष्ट्रिय परिषद्का जिल्ला अध्यक्ष सुर्यलाल गुरुङ, भुजेल समाजका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र भुजेल,एमाले, काग्रेसका प्रतिनिधी,आदीवासी जनजाति पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष टेक मास्की राना, तामाङ घेदुङ संघ रुपन्देहीका सल्लाहाकार नर्वु लामा लगायतलेबोलेका थिए ।
कार्यक्रममा पत्रकार टेक मास्की राना मगरलाई नगद सहीत सम्मान गरीएको थियो । कार्यक्रम नेपाल तामाङ घेदुङ संघ जिल्ला समिति रुपन्देहीका अध्यक्ष वीर बहादुर तामाङको अध्यक्षता,कुमार तामाङको स्वागत तथा देवी तामाङको संचालनमा सम्पन्न भएको थियो ।
