जनमुक्ति पार्टीले आफ्नो २५ औँ स्थापना दिवश मनाँउने

Read Time:1 Minute, 54 Second

सनु थापा मगर

बुटवल, माघ ९ – राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीले पार्टीको २५ औँ स्थापना दिवश मनाँउने भएको छ ।

  शुक्रबार भैरहवा पार्टी कार्यालयमा बसेको पार्टीको नियमित बैठकले उक्त निर्णय गरेको हो । पार्टीको स्थापना दिवस माघ ६ गते परेतापनि माघ ८ मा पहिचान सहीतको संघीय संविधानको लागि पार्टी ३० दलीय मोर्चासंग आन्दोलनमा रहेकाले स्थापना दिवस यही माघ १५ गते बुटवल फुलबारीमा विविध कार्यक्रम सहीत बृहत रुपमा मनाउने भएको हो ।

पार्टी जिल्ला अध्यक्ष झम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले माघ ६ गतेको बन्द र बिहीबार सम्पन्न जिल्ला प्रशासन कार्यालय घेराउ लगाएत पार्टीको अहीले सम्मको कार्यक्रम तथा विविध गतीविधीको समिक्षा गरेको थियो ।

बैठकमा पार्टी सल्लाहाकार नरबहादुर बम्रेल मगरले पार्टीमा रहेको कमीकमजोरीलाई घटाउदै यसबाट पाठ सिकेर अगाडी बढ्नु पर्ने, संघीय संविधानको लागि पार्टी दृढ हुनु पर्ने, पार्टीको साङ्गठनीक विकास गर्नु पर्ने लगाएतका विचार र सुझाव राखेका थिए । 

राष्ट्रिय जनमुक्ति पार्टीले पहिचान सहीतको संघीय संविधानको लागि ३० दलीय मोर्चामा रहेर क्रमबद्धरुपमा आन्दोलन गर्दै आइरहेको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %