आदिवासी जनजाति संयुक्त जिल्ला संघर्ष समिति गठन

Read Time:5 Minute, 31 Second

सनु थापा मगर

बुटवल , माघ ९ – आदिवासी जनजातिको शुक्रबार बुटवलमा सम्पन्न भएको बृहत भेलाले नेपाल आदीवासी जनजाति महासंघ,रुपन्देहीका अध्यक्ष शन्तराम चौधरीको संयोजकत्वमा एक हजार एक सदस्यीय आदिवासी जनजाति संयुक्त जिल्ला संघर्ष समिति गठन गरेको छ ।

  आदीवासी जनजातिहरुको मुद्दालाई अगाडी बढाउन र पहिचान सहितको संघीय संविधानका लागि दबाब दिने उदेश्यले समिति गठन गरीएको हो । समितिको सहसंयोजकमा द्वय नेपाल मगर संघ,रुपन्देहीका अध्यक्ष दलबहादुर विरकट्टा मगर,नेपाल छन्त्याल संघ,रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्याल,प्रवक्तामा तमु राष्ट्रिय मुक्ति मोर्चा,अवध राज्य समितिका संयोजक धनबहादुर तमु,सहप्रवक्तामा कमल थापा मगर रहेका छन् ।

त्यस्तै समितिको सचिवालयमा दश वटा एकलजातीय संघका अध्यक्षहरु रहने गरि विभिन्न पार्टी निकट मोर्चाका जिल्ला अध्यक्षहरु,एकल जातीय संघका जनवर्गिय संगठनका अध्यक्षहरु,बुद्धिजीबि,समाजसेवी,नागरिक समाज,भुपुसैनिक,पत्रकार,ज्ञानेन्द्र भुजेल,टेकबहादुर मास्की राना,मनोज राना,रामबहादुर तमु,खेमानसिंह तमु,प्रेम घले,चित्रप्रसाद तमु,गीता सारु,जी.एस.तमु,आशु तमु,लक्ष्मीप्रसाद छन्त्याल,दिपक तमु,लालबहादुर तमु लगायत ५१ सदस्यीय रहेका छन् । समितिको सल्लाहकारमा होमबहादुर गलामी,झमबहादुर तमु,शेरबहादुर तमु,नरजंग तमु,बिल तमु,तामबहादुर सराङकोटी,डी.बिं थापा,माया गर्वुजा लगायत १ सय १ सदस्यीय रहेका छन् ।

आन्दोलनलाई व्यवस्थापन गर्न विभिन्न १९ वटा उपसमिति पनि गठन गरिएको छ । संचार संयोजकमा टेक मास्की राना , सहसंयोजकमा सनु थापा मगरलाई चयन गरीएको छ । कार्यक्रममा तमु राष्ट्रिय मुक्ति मोर्चा अवध राज्य समितिका संयोजक धनबहादुर तमु,तमु छोंज धीं,रुपन्देहीका अध्यक्ष सुर्यलाल तमु,थकाली सेवा समितिका अध्यक्ष शिवप्रसाद शेरचन,नेपाल छन्त्याल संघ,रुपन्देहीका अध्यक्ष दलबहादुर छन्त्याल,भुजेल समाज रुपन्देहीका अध्यक्ष ज्ञानबहादुर भुजेल,थारु कल्याणकारी सभा,रुपन्देहीका अध्यक्ष रामवली चौधरी,नेपाल मगर संघ,रुपन्देहीका उपाध्यक्ष गीता सारु,सुनुवार सेवा समाजका नविन कुमार सुनुवार,आदिवासी जनजाति पत्रकार मंच,रुपन्देहीका अध्यक्ष टेकबहादुर मास्कीराना,कमल थापा,नेपाल तामाङ घेदुङ,रुपन्देहीका अध्यक्ष बीरबहादुर तामाङ,नेपाल मगर महीला संघ बुटवल नगर समितीका केशरी गाहा मगर लगायतले बोलेका थिए ।

संघर्ष समिति घोषणा कार्यक्रममा बोल्दै सन्तराम चौधरीले आन्दोलनलाई निष्कर्षमा पुर्याउने अठोट गरे । जनजातिको मुद्दामा कसैसंग सम्झौता नगर्ने बताए । आफुलाई थारुको बच्चा भनेर कम नठान्न पनि अनुरोध गरे उनले भने “मलाई थारुको छोरो भनेर नहेप्नुस, गालीमात्रै नगर्नुस,गालीसंगै सुझाव दिनुस” । “हामीलाई पनि केन्द्रीय नेताहरुले घात गरेका छन्,मलाई जनजाति महासंघ भित्र सहयोग नभएमा छुट्टै तराई आदीवासी जनजाति महासंघ खोल्न बाध्य हुने छु ” उनले धम्कीपुर्ण रुपमा भने ।

उपस्थित जनजाति अगुवाहरुले महासंघले आन्दोलन गर्न नसकिरहेको र महासंघ माफीया मात्रै भएको आरोप लगाएका थिए । उपस्थित एक जनजाति नेताले आन्दोलनको नेतृत्व महासंघले नगर्ने भए अध्यक्षले राजीनामा समेत दिनु पर्ने कुरा उठाएका थिए । महासंघले जनजातिको सवालमा मुद्दा अगाडी बढाउन नसकेको चर्को आरोप खेप्दै आइरहेको छ यसैविच नेपाल आदीवासी जनजाति महासंघ जिल्ला समिति रुपन्देहीका सचिव एनजिओको जागिर तर्फ लागेपछि सचिवको रुपमा सहसचिब लाल बहादुर तमुले काम गर्दै आइरहेका छन् ।

महासंघका अध्यक्ष शन्तराम चौधरीको अध्यक्षता,  उपाध्यक्ष कृष्ण मोक्तानको स्वागत सह–सचिव लालबहादुर तमुको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %