गोविन्द घर्ती
रुपन्देही माघ ७-पहिचान सहीतको संघीयता विना आदिवासी जनजातिहरुको अधिकार स्थापित हुन नसक्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले आदिवासी जनजातिहरुको अधिकार स्थापित गर्न सवै एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए । पहिचान सहीतको संघीयता संविधान जारी नहुदा सम्म आदिवासी जनजातिहरुले आन्दोलन रोक्न नहुने बताएका थिए । नेपाल तामाङ्ग घेदुङ्ग जिल्ला समिति रुपन्देहीले सोनाम ल्होछारको अवसरमा देवदह–११, चरङ्गेमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्ने वक्ताहरुले आदिवासी जनजाति र राज्य संघ भएको सहमति कार्यान्वय गर्नु पर्नेमा जोड दिएका थिए ।
नेपाल तामाङ्ग घेदुङ्ग जिल्ला समिति रुपन्देहीका अध्यक्ष वीर बहादुर तामाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा घेदुङ्गका केन्द्रीय सदस्य वीर मान लामा, बुटवल नगरपालिकाका शाखा अधिकृत कृष्णप्रसाद ज्ञवाली, आदिवासी जनजाति समन्वय समिति रुपन्देहीका उपाध्यक्ष दिलबहादुर खाम्चा, आदिवासी जनजाति महासंघ रुपन्देहीका उपाध्यक्ष कृष्ण मोक्तान, घेदुङ्गका संस्थापक अध्यक्ष नर्वुलामा, घेदुङ्गका पुर्व अध्यक्ष वीर बहादुर घिसिङ्ग, उदयपरियति विहारका भन्ते ज्ञानेन्द्र, नेपाली काग्रेस बुटवल नगरसमितिका सभापति खेलराज पाण्डेले बोलेका थिए । त्यसैगरी नेपाल मगर संघका उपाध्यक्ष गिता सारु, तमु नेपाली काग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, नेपाल मगर संघका उपाध्यक्ष गिता सारु, तमु छोंज धीका अध्यक्ष सूर्यलाल तमु, थकाली सेवासमाजका शिवप्रसाद शेरचन, छन्त्याल संघका अध्यक्ष दलबहादुर छन्त्याल, भुजेल समाजका बरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र भुजेल, सुरेश तामाङ्ग लगायतले आ–आफना भनाई राखेका थिए । बुटवलको लखन चोकदेखि जातिय पहिचान सहीतको झाकी सहीत भएको ¥याली चरङ्गेमा आएर सभामा परिणत भएको थियो । घेदुङ्गका सचिव देवी तामाङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
