राष्ट्रिय युवा जनस्वयंसेवक कास्की अध्यक्षमा-नवीन गुरुङ

Read Time:4 Minute, 25 Second

रूद्र श्रीसमगर

पोखरा, ३ माघ

नेकपा–माओवादीनिकट युवा सठन राष्ट्रिय युवा जनस्वयंसेवक कास्कीको दोस्रो जिल्ला भेलाबाट अध्यक्षमा नवीन गुरुङ सर्वसम्मत चयन भएका छन ।

जनस्वयंसेवकको शनिबार सम्पन्न जिल्ला भेलाबाट उपाध्यक्षमा अनिल कुँवर र सचिवमा सूर्यराज त्रिपाठी चयन भएको छ । भेलाले अध्यक्ष, उपाध्यक्ष र सचिव मात्र हुने व्यवस्था गरेको छ ।

त्यसैगरी, २७ सदस्यीय जिल्ला स·ठन समितिमा ६ सदस्य पछि थप्ने गरी २१ सदस्यीय बनाइएको छ । जसमा विकास थापा, सुमन पुन, इन्द्र जलारी, योगराज पौडेल, पुष्पबहादुर खड्का, राजकुमार बुढा, चट्टान हितानमगर, सन्तोष परियार, विकास तामाङ, ज्ञानबहादुर लामा, निराजन गोपाली, राजु तामाङ, अमृत सापकोटा, आशीष राई, डोरबहादुर थापा, हरि राई, टड्ढ जिसी र खम्बे गुरुङ रहेका छन ।

यसअघि, भेलाको उद्घाटन गर्दै नेकपा–माओवादीका केन्द्रीय सदस्य एवं तमुवान राज्य संयोजन समितिका सेक्रेटरी यशोदा सुवेदी ‘प्रभा’ले युवा वर्गको भूमिकालाई प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिए ।

सम्पूर्ण सचेत युवाहरू जुझारू भएर क्रान्तिमा लाग्नुपर्ने बताउँदै नेतृ प्रभाले संघर्षमा युवाहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे ।

भेलामा पार्टीका केन्द्रीय सदस्य एवं कास्की जिल्ला संयोजक हरिबहादुर चुमान ‘अजित’, केन्द्रीय सल्लाहकार लोकबहादुर थापामगर ‘धर्म’, कास्की क्षेत्र नं. २ का संयोजक अशोक छन्त्याल ‘अर्जुन’लगायतले युवाहरूलाई संघर्षमा उत्रन अपिल गरेका थिए ।

राष्ट्रिय युवा जनस्वयंसेवक कास्कीका संयोजक सूर्य खड्का ‘आलोक’को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कास्की क्षेत्र नं. ३ का संयोजक नवीन गुरुङले गर्नुभएको थियो भने क्षेत्र नं. २ का संयोजक सन्देश गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच, राष्ट्रिय युवा जनस्वयंसेवक कास्कीको दोस्रो जिल्ला भेलाले १० बुँदे समसामयिक राजनीतिक प्रस्ताव समेत पारित गरेको छ । जसमा पोखरा सभागृहलाई सर्वसाधारणको पहुँचमा ल्याउनुपर्ने, पोखरा बसपार्कको निर्माणका नाममा कृष्णटोलका सुकुम्बासीलाई विनाविकल्प हटाइन नहुने, कास्कीका सार्वजनिक सम्पत्तिको संरक्षणका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई तत्काल अघि बढाउनुपर्ने, पोखरा पर्यटन बसपार्कको स्तरोन्नति गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने, कास्कीमा भएको खानेपानी समस्या तुरुन्त समाधान गर्नुपर्ने, फेवाताल, बेगनास ताललगायतका तालहरूको संरक्षणमा विशेष ध्यान दिनुपर्ने, युवा वर्गलाई राज्यले विशेष तरिकाले सम्बोधन गर्नुपर्ने र युवामैत्री नीति तथा कार्यक्रम ल्याउनुपर्ने, भ्रष्टाचार, गुण्डागर्दी, पेट्रोलियम पदार्थ, ग्यासको कृत्रिम अभाव तत्काल नियन्त्रण गर्नुपर्नेलगायतका मागहरू समेटिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %