माया घले मगर
तेलअभिब , जनवरि १९ – ”भेषभूषा,धर्म संस्कृतिको एबम् बिश्वभरी छरीएर रहेको मगरहरुको एकता “भन्ने मूल नाराको साथ कार्यक्रम नेपाल मगर समाज इजरायलले विविध सांस्कृतिक कार्यक्रम गरी माघेसंक्रान्ति सम्पन्न गरेको छ ।
बसन्त रासकोटी मगरको अध्यक्षतामा कार्यक्रममा महासचिब माया घले मगरको स्वागत मन्तव्य र धनु काउछा मगर र लता पुन मगरले सञ्चालन गरेको थिए ।
कार्यक्रमको प्रमुख अतिथि महामहिम इजरायलका राजदुत प्रल्हाद कुमार प्रसाई थिए । अन्य अतिथिहरूमा नेपाली राजदुत इजरायलका सचिब रोशन खनाल,तमु समाज इजरायलका अध्यक्ष श्री डिक कुमार गुरुङ,नेपाल तामांग समाज घेदुंग इजरायलका अध्यक्ष उर्मिला पाख्रिन,किरात राई यायोक्खा नेपाल इजरायलका अध्यक्ष बाल राई,नेवा खल इजरायलका अध्यक्ष रन्जु बाबा श्रेष्ठ,नेपाल इजरायल डट नेटका प्रधान सम्पादक कृष्ण राज भण्डारी,न्युज डायरीका सम्पादक अनिल सिंह राजपुत नेपाल आदिबासी जनजाती महासंघ इजरायलका उपाद्यक्ष भुपेन्द्र तमु,एनआरएन इजरायलका उपाध्यक्ष टिका पहाडी थिए ।
साथै सो कार्यक्रममा विभिन्न क्षेत्रमा इजरायलमा कार्यरत मगर गैर मगर,जनजाती,समुदायहरुको वाक्लो उपस्थिति रहेको थियो ।
मतब्य दिनेमा श्री दिपक राना,जनजाती महासंघ इजरायलको उपाध्यक्ष श्री भुपेन्द्र तमुले माघेसंक्रान्तिको बारेमा प्रकाश पारेका थिए । प्रमुख अतिथि नेपाल इजरायलको महामहिम राजदुत प्रल्हाद कुमार प्रसाईले नेपालमा मगर जातीको ठूलो जनघनत्व र ठूलो ईतिहास र सस्कृतिको विकास राख्ने मगरहरू नै हुन् र मगर जाती भनेको नेपालको लागि शरीरको पहिलो अंग हुन् भन्दै माघेसंक्रान्तिको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका थिए ।
सोहि कार्यक्रममा मगर संघलाई योगदान पुरयाउदै आएका केशब राना,जय पुन,बिष्णु गर्बुजा, बसन्त रास्कोटीमगर,बिष्णु पुन,मन राना,माया घले मगर लाई सम्मान गरी सो कार्यक्रमको संयोजक मगर समाज इजरायल संस्थाको उपाध्यक्ष बिष्णु पुन,र बिष्णु गर्बुजा,साहारा थापा,राधा आले,सान्ता राना मगर,तारा गर्बुजा,भगवती मगर,सुमित्रा राना चन्द्रा पुलामीलाइ सम्मान गरिएको थियो । उहाँहरू बाट कार्यक्रमलाइ भब्य र सब्य बनाई सेल रोटी , तरुण, अचारको व्यवस्था गरेका थिए भने सम्पूर्ण सहभागीहरुलाई नेपाली खानाको ब्यबस्था गरिएको थियो ।
सो कार्यक्रममा कौडा नृत्य,थाली नृत्य,हुर्रा ,दोहोरि गित,नेपाली फिल्मको कहाँ भेटिएलाको गित हरूमा नृत्य प्रस्तुत गएको थियो । सो नृत्य प्रस्तुत गर्नेहरूमा पुर्णिमा पुन मगर,खिमा पुनमगर,बिष्णु गर्बुजा मगर,बिष्णुबहादुर पुन मगर,मनिषा पाईजा मगर,दिना थापा मगर, लाल कुमारी पुन मगर,प्रिया थापा मगर,टिका शेर्पुन्जा मगर थिए । भिडीयोमा मदन आले मगर र क्यामरामा साथ दिने दिना थापा मगर थिए ।
खरुचिम-१५ तेलअभिबको रिसोर्टमा कार्यक्रम सम्पन्न भएको थियो ।