दिपा आले मगर
काठमाडौ , माघ ३ – माघ १ गते मगर समुदायले काठमाडौको खुल्ला मञ्चमा भब्य रुपमा माघेसक्रारती मनाएका छन् । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए । उनले माघेसकरातीको अवसरमा सबैलाई शुभकामना दिएका थिए । माघेसकरातीको अवसरमा खुला मञ्चमा मगर समुदाय र गैरमगर समुदायको बाक्लो उपस्थीति रहेको थियो । सबै मगरहरू मगर भेषभुषा र संस्कृतिमा आएका थिए ।
सो अवसरमा मगर गीतमा नृत्य गरिएको थियो । कार्यक्रमको अध्यक्षता मगर संघका अध्यक्ष महेन्द्र थापामगरले गरेका थिए भने कार्यक्रम मगर समुदायको भातृ संघसंस्था हरूको उपस्थिति रहेको थियो । माघेसकरतीको अवसरमा सबैले एक अर्कालाई शुभकामना आदान प्रदान गरेका थिए ।


