‘मिनाम सार’, ‘सार ल्हेस’ = माघे संक्रान्ति?

Read Time:2 Minute, 37 Second

राज्यसत्ता ,

भोलि माघ १ अर्थात  माघे संक्रान्ति ।

  यस माँघे संक्रान्तिलाई संस्कृतमा ‘मकर संक्रान्ति’ भनिन्छ । ‘मकर संक्रान्तिको’ दुवै शव्दहरु संस्कृत भाषाबाट आएका छन । ‘संक्रान्ति’को अर्थ ‘एक राशीबाट अर्को राशीमा सर्नु वा जानु’ भन्ने हुन्छ । पृथ्वीले सूर्यलाई घुम्नेक्रममा अर्थात् सूर्य एक राशीबाट अर्को राशीमा प्रवेश गर्दा नयाँ महीना सुरुहुने गर्छ । ज्योतिष शास्त्रका अनुसार मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीन समेत गरी बाह्र राशीहरु छन् ।

भोलि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने हुँदा भोलिको दिनलाई ‘मकर संक्रान्ति’ भनिएको हो । यो प्राकृतिक वा नियमित चक्र ‘माघे संक्रान्ति’ वा ‘मकर संक्रान्ति’ संसारभर नै ठाउँ अनुसार छुटा छुट्टै नामले मनाउने गरिन्छ ।

‘मकर संक्रान्तिको ‘मकर’ र ‘मगर’ शव्दहरु ध्वनिविज्ञान अनुसार एकै किसिमका भएपनि मगर जातिसंग यसको कुनै त्यस्तो प्रत्यक्ष सम्बन्ध देखिदैन । सभाषद् शिवलाल थापा मगरले यो माघे संक्रान्तिलाई मगर भाषामा ‘मिनाम सार’ भन्नु पर्ने कुरा जनाएका छन भने नेपाल मगर संघ, जिल्ला समिति सुनसरीले यसलाई ‘सार ल्हेस २०७१’ लेखेको छ । मगर भाषा संस्कृत अर्थात् भारोपेली नभई भोट-बर्मेली परिवारको भएको हुँदा ‘मिनाम सार’ वा ‘सार ल्हेस’ भनिनु उपयुक्त देखिन्छ ।

हाम्रो त्यतातिर भनिने यो ‘माघे संक्रान्ति’ वा ‘मकर संक्रान्ति’को चाड संसारभर नै प्राचीन कालदेखि मनाइदै आएको चाड हो ।

 

(‘मकर संक्रान्ति’ अर्थात् माँघे संक्रान्ति बारे  बि.के.राना मगरको बिषेश लेख बहसको लागी भोली पोष्ट हुने छ,पढ्न नभुल्नु होला – एड्मिन ) 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %