पर्सामा थारु समुदायले ‘माघी महोत्सव’ भव्य मनाउने

Read Time:3 Minute, 0 Second

नीरज पिठाकोटे 

वीरगञ्ज, ३० पुस ।
आदिवासी जनजाति थारु समुदायले मनाउने सांस्कृतिक पर्व माघी पर्सामा महोत्सवको रुपमा मनाउने तयारी गरेको छ ।
महोत्सवको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्सा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा माघ १ गते मनाउने माघी अर्थात खिचडी पर्वको तयरी पुरा भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा माघी पर्वको आयोजक ‘माघी महोत्सव मुल समारोह समिति’ ले तराईमा बसोवास गर्ने आदिवासी जनजातिहरु मध्य सबै भन्दा धेरै जनसंख्या रहेको थारु समुदायको भाषा, संस्कृति, पहिचान र अधिकार सुनिश्चितताका लागि यस बर्षको माघी पर्व निकै महत्वपूर्ण रहने जनाएको छ ।
कार्यक्रमहरुको बारेमा जानकारी दिदै माघी मूल समारोह समितिका संयोजक एवं थारु कल्याणकारी समिति पर्साका कार्यवाहक अध्यक्ष बालेश्वर गौरो थारुले माघी पर्व थारुहरुको नयाँ बर्ष सुरु हुने दिन, थारु समुदायका युवायुवतीहरुको विवाहको लगन आउने दिन पनि भएकोले यसको विशेष महत्व रहेको बताए । कार्यक्रममा थारु कल्याणकारी समितिका केन्द्रीय पार्षद राजेन्द्र महतो थारुले नयाँ बर्षको रुपमा मनाईने माघी महोत्सव थारु संस्कृतिहरुको जगेर्ना तथा प्रवद्र्धन गर्ने एक महत्वपूर्ण समय भएको बताए । वीरगंजको आदर्शनगरमा मनाईने माघी महोत्सवमा थारु समुदायको घाटो नाच, सामाचाकेवा, थारु पूर्वी नाच र झम्टा मुख्य आकर्षण रहनेछ ।
त्यस्तै थारु विशेष खानको परिकार घोङ्गी, केखरा, माछा, हाँस, परेवा, चिचर, लाई, तिल लगायत थारु परिकारको विशेष स्वाद चाख्न पाईने पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । माघी पर्वको पूर्व सन्ध्यामा ३० गते साँझ पाँच बजे वीरगंजका घण्टाघरमा दीप प्रज्जवलन गरिने थारु कल्याणकारी समिति पर्साका उपाध्यक्ष नन्दकिशोर पंजियारले जानकारी दिए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ पर्साका उपाध्यक्ष जगत राईको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण महासंघका सचिव निरज पिठाकोटेले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %