माघ ८ को संबिधान ९ गते जलाउछौ
देब पचभैया
पाल्पा, पौष २९-नेकपा माओवादीका महासचिव राम बहादुर थापा बादलले माघ ८ गते जारी हुने पुर्ण संविधान वा संविधानको मस्यौदा माघ ९ गते ७५ जिल्लामा जलाउने बताए । क्रान्तीकारी पत्रकार महासंघ पाल्पाले आज बेलुकी तानसेनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै माओवादी महासचिव थापाले जनताको भावना विपरित सेना परिचालन गरेर ल्याएको संविधान आफुहरु लाई मान्य नहुने भएकोले जस्तो सुकै परिस्थीती आई परेपनि प्रतिगामी मस्यौदा वा संविधान जलाउने पाटीको घोषित कार्यक्रम भएको बताए ।
यथास्थिती बादी काग्रेस र एमाले लगायत सत्ताधारी दलहरु विरुद्ध माघ ९ गते सत्ता बाहिर रहेका राजनितिक पाटी, आदीवासी जनजाती मधेशी मुस्लिम बर्गहरु एकजुट भएर साझा लक्ष्य र साझा सत्रुको रुपमा आन्दोलनको एउटै रुप घोषणा गरिने माओवादी महासचिव बादलले बताए ।
स्वदेशी तथा विदेशी प्रतिकृयावादीहरुले माओवादी लाई फुटाउ र राज गर भन्ने अभियान अव सफल हुन नदिने बताउदै महासचिव बादलले नयाँ आधार शसर्त माओवादी एकिकरण अभियानमा लागेको जानकारी दिए ।
पार्टीमा अति महत्वाकाक्षी, पदलोलुपता, शिघ्रकान्ती, बाम अतिवाद प्रबृति हावी हुदै गएकोले त्यस्ता प्रबृत्तिका नेत्र विक्रमहरु पाटी बाट अलगिएको, उनीहरुको धार अति बाद तर्फ हावि हुदै गएकोले आरोप छ ।
नक्कली संबिधाको कुनै अर्थ नभएको भन्दै उहाले जनबिरोधी संबिधान जलाउदै प्रचण्ड माओबादी संग पार्टी एकताको पहल भैरहेको थापाले जानकारी दिए ।
पार्टीमा फुट आएपछि महासचिव बादल लुम्विनी मगरात क्षेत्रका पाटी कार्यकर्ताहरु लाई प्रशिक्षण दिन पाल्पा आएका हुन ।
