बिनोद रखालि मगर
गल्याङ् , पौष २९ – स्याङ्जाको तुलसी भञ्ज्याङ गाविस वडा नं १ बजे्रेमा एक हप्ते घरबास व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भयो ।
नेपाल सरकार संस्कृति पर्यटन नागरिक उड्डयान मन्त्रालय,नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवन काण्माडौंको आयोजना र जगत्रशिला आमा समह,वडा नागरिक मञ्च,जगत्रशिला कृषि सहकारी,ग्रहौँ कालिका कृषिक समहूको संयुक्त व्यवस्थापनमा आयोजना गरिएको तालिम सम्पन्न भएको छ ।
समापन कार्यक्रममा बोल्दै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका विभागिय प्रमुख केशव प्रसाद थपलीयाले ग्रामिण क्षेत्रमा प्रयाप्त मात्रामा सम्भाव्यता रहेता पनि पहिचानको अभावका कारण कति पय स्थान ओझेलमा परेको बताउदै सहि रुपमा सहि स्थानको पहिचान गरेर अगाडी वढ्नु पर्ने कुरा बताएका थिए ।
थपलीयाले पर्यटन विकासका माध्यमबाट गाउँ वस्तीको सम्भाव्यताको सहि पहिचान गरि प्रचार प्रसार गरेर विकास निर्माणमा टेवा पुग्ने र स्थानीयको जीवन स्तर माथी उठाउन सहयोग मिल्ने कुरा बताएका थिए ।
कार्यक्रममा केन्द्रीय मौरी पालन संघका केन्द्रीय कोषाध्यक्ष भूपराज अधिकारी, कृषि विकास वैंक शाखा कार्यालय वालिङका प्रमुख डा.झलकराम अर्याल, प्रमुख प्रशिक्षक उमेश थापा,नेकपा एमाले तुलसी भञ्ज्याङ गाउँ कमिटी अध्यक्ष तिर्थकुमार थापा मगर,मौरी पालन सहकारी जिल्ला सचिव दलबहादुर सिजाली, नेशनल गोल्डेन फियूचर इङलिस बोडिङ स्कूलका प्रिन्सिपल कृष्ण बहादुर सिंजाली, बज्रे भञ्ज्याङ माविका सहायक प्रअ हरिभक्त शर्मा, गणेश निमाविका प्रअ थिरलाल कंडेल, महिला जनजागरण बहुउद्देश्शीय सहकारी संस्थाका अध्यक्ष सावित्रा कँडेल, तारादेवी प्रावि प्रअ खुम बहादुर बराल, स्वतन्त्र पत्रकार संघका केन्द्रीय सदस्य टीकाराम अधिकारी, भण्डारी थुम्का सहकारी संस्थाका अध्यक्ष नेत्रप्रसाद ग्रैहे,तुलसी भञ्ज्याङ समाज परिचालिका मञ्जु खनाल लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
एक हप्ता सम्म चलेको तालिममा ३५ जनाको सहभागिता रहेको तालिमको सहजिकरण उमेश थापा, कृष्ण गजुरेल, धर्मराज उप्रेतीले गरेका थिए ।
कार्यक्रम संयोजक जावित्रा सिजालीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य वडा नागरिक मञ्चका संयोजक टीकाराम सिंजालीले र सञ्चालन रेशम राना मगरले गरेका थिए ।
