बन्दले तनहुँ पुर्ण ठप्पः संघियता बिरोधीहरु लाई घुँडा टेकाएरै छाड्ने

Read Time:3 Minute, 31 Second

खडक आले

  तनहुँ दमौली, २७ पुस-राष्ट्रिय जनमुक्ति पार्टी सहितको ३० दलीय मोर्चाले आव्हान गरेको प्रादेशीक बन्दका कारण आइतबार तनहुँको जनजीवन पूर्णरुपमा प्रभावित हुन पुगेको छ । मोर्चाले प्रादेशीक बन्द अन्तर्गत तमुवान र मगरात क्षेत्र बन्दको घोषणा गरेको हो । मोर्चामा आवद्ध तनहुँमा क्रियाशिल ७ दलीय जिल्ला नेता तथा कार्यकर्ताहरुले सदरमुकाम लगायत बाहिरका बजार क्षेत्रको चोकचोकमा झण्डा लिएर सडक अबरुद्ध गर्नुका साथै व्यवपार व्यवसाय समेत बन्द गराएका छन् । बन्द कर्ताहरु दिन भरिनै मुल सडकको बिच बिचमा नाचगान गर्दै सडक अबरुद्ध गराका थिए । बन्दका कारण पृथ्वीराजमार्ग तथा ग्रामीण सडकहरुमा यातायातका साधानहरु सञ्चालनमा आएका छैनन् भने, विद्यालय, बैंक तथा वित्तिय संघ संस्थाहरु समेत बन्द हुन पुगेका छन् । सरकारी कार्यालयहरु खुल्ला रहेपनि यातायातका साधान सञ्चालन नहुँदा सेवाग्राहीको उपस्थिति न्यून रहेको छ । बन्दका कारण कुनै अप्रिय घटना नघटोस् भनि बजार क्षेत्रका चोकचोकमा सुरक्षाकर्मीहरु खटाइएको छ ।

 
मोर्चाले उत्पीडित जाति, क्षेत्र, वर्ग, लिङ्ग र समुदायको अधिकारको सुनिश्चितताको लागि पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान जारी गर्न सहमतिमा संविधानसभाबाट संविधान जारी गर्न दबाव दिने उद्देश्यले बन्द कार्यक्रम गरिएको बताएको छ । तनहुँमा राष्ट्रिय जनमुक्ति पार्टी, एनेकपा माओवादी , फोरम लोकतान्त्रिक, सद्भावना, संघीय समाजवादी, संघीय गणतान्त्रिक समाजवादी पार्टी, दलित जनजाति पार्टीले प्रादेशीक बन्दको नेतृत्व गरेका थिए । बेलुका ५ बजे बन्द पुर्ण रुपमा सफल रहेको भन्दै सम्पुर्ण यातायात, उद्योग, शैक्षिक संस्था ब्यापार, ब्याबसायी धन्यबाद दिदैं दमौलीको मेनचोकमा कोण सभा गरेका थिए । आन्दोलन परिचालन संयुक्त संघर्ष समितिका संयोजक एबम् अध्यक्ष राष्ट्रिय जनमुक्ति पार्टी मन्धरी आलेको अध्यक्षतामा सञ्चालित कोणसभामा एनेकपा माओवादीका सभासद आशा खनाल, आदिबासी जनजाति महासंघ तनहुँका अध्यक्ष दिर्घ दराई लगायतका बक्ताहरुले बोलेका थिए । आफनो आन्दोलान जारी रहेको बताउदै संघियता बिरोधी पश्चागामि तत्वहरु लाई घुँडा टेकाएर छाड्ने कुरा बताएका छन । बन्द समापन कार्यक्रमको संचालन संघीय समाजवादी पार्टीका अध्यक्ष हरिसिंह गुरुङले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %