जनजाति विद्यार्थी नेता थापालाई पितृशोक

Read Time:2 Minute, 24 Second

रूद्र श्रीसमगर

पोखरा, २८ पुस

नेपाल आदिवासी जनजाति विद्यार्थी महासङ्घका राष्ट्रिय सदस्य विवेक थापामगरलाई पितृशोक परेको छ ।

क्रान्तिकारी पत्रकार महासङ्घ कास्कीका जिल्ला सदस्य, मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल तेस्रो जिल्ला सम्मेलन आयोजक समिति, कास्कीका सदस्य एवं नेपाल मगर विद्यार्थी सङ्घ पृथ्वी नारायण क्याम्पस समितिका अध्यक्ष समेत रहनुभएका थापा मगरका पिता जंगबहादुर थापामगरको ६८ वर्षको उमेरमा उपचारका क्रममा सोमबार मणिपाल शिक्षण अस्पताल, पोखरामा निधन भएको हो ।

तनहुँ, साभुङ भगवतीपुर गाविस, फुलानिवासी स्व. थापा उच्च रक्तचाप र निमोनियाबाट पीडित हुनुहुन्थ्यो । यसअघि, फिस्टेल अस्पतालमा भर्ना हुनुभएका स्व. थापालाई त्यहाँ उपचार हुन नसकेपछि मणिपाल शिक्षण अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)मा भर्ना गरिएको थियो ।

यसैबीच, नेपाल आदिवासी जनजाति विद्यार्थी महासङ्घ तमुवान प्रादेशिक समन्वय समितिकी उपाध्यक्ष जेनिशा पुनमगर, क्रान्तिकारी पत्रकार महासङ्घ कास्कीका सचिव रूद्रबहादुर श्रीसमगर, मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल, तेस्रो जिल्ला सम्मेलन आयोजक समिति, कास्कीका संयोजक मनबहादुर थापामगर एवं नेपाल मगर विद्यार्थी सङ्घ पृथ्वीनारायण क्याम्पस समिति, पोखराका सचिव रामबहादुर थापामगरले सोमबार साँझ शोक विज्ञप्ति जारी गर्दै थापाको निधन भएको खबरले स्तब्ध भएको जनाएका छन् । साथै, मृतात्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति धैर्यधारणको कामना समेत विज्ञप्तिमा गरिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %