३० दलिय मोर्चाको बन्द सकियो भोली फेरी बन्द

Read Time:2 Minute, 48 Second

देव पचभैया

पाल्पा, पौष २७

एनेकपा माओबादी अगुवाईमा रहेका ३० दलिय मोर्चाले आब्हान गरेको मगरात र तमुवान क्षेत्र बन्द, बेलुकी ५ बजे बाट सकिएको छ । बन्द सकिएसंगै रात्रीकालिन यातायातका साधनहरु संचालनमा आएका छन् । बन्दले बिहान देखि पाल्पा, गुल्मी, अर्घाखाची, स्यांजा, बाग्लुग, म्याग्दी, प्युठान, रोल्पा, रुकुम, सल्यान पोखरा लगाएतको जन जिबन प्रभाबित बनाएको थियो ।

बन्दको बेला गाडी चलाएको भन्दै बन्द कर्ताहरुले तानसेनमा ५ वटा मोटर साईकल र एउटा कारलाई दिनभर नियन्त्रणमा लिएर ५ बजे छोडेका छन् । ३० दलिय मोर्चामा रहेका एमाओबादी, राष्ट्यि जनमुक्ति पार्टी र नेकपा माओबादीले पाल्पामा बन्दको आयोजना गरेका थिए । आज पाल्पाको तानसेन , रामपुर, हार्थोक आर्यभञ्यांज लगाएतका क्षेत्रहरु पुर्ण रुपमा बन्द भएका थिए ।

आज बेलुकी ५ बजे देखि भोली बिहान ५ बजे सम्म मात्रै बन्द खोलिएको बन्द आब्हान कर्ताहरुले जानकारी दिएका छन् । भोलि भेरी नेकपा माओबादीले मगरात र अवध राज्य बन्दको आयोजना गरेकाले फेरी पाल्पा पनि बन्द हुने भएको छ । बैद्ध अगुवाईको नेकपा माओबादीले भोलि फेरी मध्य पश्चिमाञ्चल क्षेत्र बन्दको आब्हान गरेको छ ।

जसले गर्दा मगरात, तमुवान, अबध अन्र्तगत गण्डकी, धौलागिरि, राप्ती र लुम्बिनी अंचल बन्द हुने भएका छन् । काग्रेस र एमालेले बहुमतको दम्भमा जनअपेक्षा बिपरितको संबिधान जबरजस्ती लाद्न खोजेको भन्दै बन्दको आयोजना गरिएको एनेकपा माओबादीका केन्द्रिय सदस्य तथा पाल्पाका प्रमुख बसन्त शर्माले जानकारी दिए ।

पहिचान सहितको संघियता, संघियता सहितको संबिधान प्राप्त नभए सम्म आफुहरुको आन्दोलन जारी रहने राष्ट्यि जनमुक्ति पार्टीका संघिय सभा सदस्य केहर सिंग रानाले बताएका छन । राजनितिक सहमतिको आधारमा सबैलाई मान्य हुने गरी संबिधान जारी गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %