देव पचभैया
नवलपरासी, पुस २७ –
पूर्व पश्चिम राजमार्ग अन्तगत नवलपरासीको झरही खोलामा सवारी माइक्रो बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
पूर्वबाट पश्चिमतर्फ छुटेको ना १३ प ५१३४ नम्बरको मोटर साइकललाई ना २ ख ५६४१ नम्बरको माइक्रो गाडीले ठक्कर दिँदा मोटरसाईकल चालक सवार रजहर ८ मा बस्ने ४५ वर्षका गोविन्द लामिछानेको ज्यान गएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । ठक्कर दिने गाडी र गाडीका चालकलाई प्रहरीले पक्रेको छ ।
