दुर्घटनामा रेडियोकर्मीको ज्यान गयो

Read Time:1 Minute, 45 Second

देब पचभैया

पाल्पा, पौष २५ – पाल्पामा भएको सडक दुर्घटनामा रेडियोकर्मीको ज्यान गएको छ । विपरित दिशाबाट आएको ट्रकमा ठोक्किएर मोटरसाइकलमा सवार उनको मृत्यु भएको हो ।

  मदनपोखरा ६ घर भएका गोविन्द देवकोटाको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । जीडी जोन्स रियाजको नामले परिचित देवकोटा संचारकर्मी तथा गायक हुन् । यसअघि पाल्पाको रेडियो मुक्तिनाथ, गुल्मीको रेशुङ्गा र स्काई एफएममा काम गरेका उनी हाल राजधानीको एफएममा कार्यरत थिए । उनका पत्नी र २ बर्षको छोरी छन् ।

स्याङजाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ७८२४ नम्बरको ट्रक र बुटवलबाट स्याङजातर्फ जाँदै गरेको लु १४ प ५४१७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकलमा सवार बुटवल – १२ बस्ने ३६ वर्षका विशाल क्षेत्री र देवकोटा घाइते भएका थिए । घाइते दुवैजनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेकोमा देवकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले पुष्टि गरेको छ । क्षेत्रीको पनि अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

दुर्घटनाग्रस्त ट्रक र मोटरसाइकललाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %