जातिय पहिचान सहितको सघिंयता जारी नभए विद्रोह : महासचिव रोका मगर

Read Time:4 Minute, 35 Second

विनोद रखाली मगर

गल्याङ्, पौष २५ – नेपाल मगर संघका महासचिव नविन रोका मगरले जातिय पहिचान सहितको सघिंयता जारी नभए विद्रोह गर्नुको विकल्प नभएको दावी गरेका छन् ।

  शुक्रबार स्याङ्जाको गल्याङमा नेपाल मगर संघ जिल्ला कार्य समिति स्याङ्जाको आयोजनामा आयोजित क्षेत्र न.३ स्तरीय वृहत आमसभा तथा नेपाल मगर युवा संघ गल्याङ इकाई समितिको ११ औँ बार्षिकोत्सव तथा माघे संक्रान्तिको अवसरमा आयोजीत भलिवल प्रतियोगिताको उद्धघाटन गर्दै रोका मगरले राज्यले सदियौ देखि आदिवासी जनजातीको अधिकारलाई कव्जामा लिई शासन चलाएको उद्धघोष गर्दै सवै वाह्रमण क्षेत्रीले आदिवासी जनजातीको पहिचान स्थापना अवरोध खडा नगरेको जनाउदै सिंहदरवार चलाउने शासक वर्ग सङ्ग अवको अन्तिम लडाई हुने चेतावनी समेत दिए । उनले एउटै जातिको हालि मुहाली रहेको नेपालमा मगर जाति तथा आदिवासी जनजातीको रगत र पसिनाले सिञ्चित भूमिको संरक्षणमा सवै पक्ष र जातजातीको सहभागिता रहेको कुरामा जोड दिदै ती जातीको पहिचान सहितको सघिंयता अहिले आवश्यक्ता भएको ठहर गरे ।

कार्यक्रममा पूर्व सभासद तथा आदिवासी जनजाती राष्ट्रिय आन्दोलन सङ्घर्ष समितिका तमुवान सयोंजक राजकाजी गुरुङ् करणले देश संक्रमणकालीन अवस्थामा रहेकाले देशलाई बचाउनका लागि नयाँ ढङगले सोच्ने बेला आएको कुरामा जोड दिएका थिए । करणले पहिचान सहितको सविंधान घोषणा नभए भोलि पल्टै सविंधान जलाउने चेतावनी दिए ।

  कार्यक्रममा एकिकृत नेकपा माओवादीका स्याङ्जा जिल्ला अध्यक्ष शैलेन्द्र घिमिरे, नेकपा एमाले जगत्रदेवी गाँउ कमिटी अध्यक्ष किसान श्रेष्ठ, नेपाली काँग्रेस पार्टी प्रतिनिधि चन्द्र बहादुर राना मगर, राष्ट्रिय जनमुक्ति पार्टी प्रतिनिधि बम बहादुर लामिछाने मगर, स्याङ्जा जिल्ला उद्योग वाणिज्य सघं गल्याङ इकाइ समिति सभापति लेखनाथ भट्टराई, गल्याङ बजार व्यवस्थापन समितिका अध्यक्ष जनक कुमार श्रेष्ठ, नेपाल मगर संघ जिल्ला सदस्य कृष्णमाया राना मगर लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

भेषभूषा भाषा कला संस्कृतिको सरक्षंण सहित स्वास्थ्यको लागि खेलकुद भन्ने मूल उद्धघोषका साथ आज देखि सन्चालित खेल माघ १ गते सम्म सन्चालन हुनेछ । वुटवल पावर कम्पनीको खेलमैदान गल्याङ्मा सन्चालित खेलको उद्धघाटन खेलमा भेन्ट्रान्स तर्फ वुटवल पावर कम्पिनी र चिराग आवासिय उच्च मा.वि विचको खेल चिराग उच्च मा.विले विजयी सुरुवात गरेको छ । भोलिको पहिलो भेन्ट्रान्स खेल चिराग उच्च मा.वि र गल्याङ् भू.पू. सैनिक माध्यामिक विद्यालय विच हुने आयोजकको भनाई छ । 

क्लव स्तरीय भलिबल प्रतियोगिामा २६ समूहको सभागिता रहेको छ । नेपाल मगर युवा संघ गल्याङ इकाइ समितिका अध्यक्ष डोल बहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य नेपाल मगर संघ जिल्ला सचिव लोकेन्द्र बहादुर थापा मगरले र सञ्चालन कुमार राना मगरले गरेका थिए ।

 

(रखाली मगर स्याङ्जा बाट सन्चालित लक्षिमी टिभिका समचार बाचक र सम्पादक प्रमुख हुन )

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %