साथमा भलिवल प्रतियोगिताको उद्धघाटन पनि सङ्गै हुने ।
विनोद रखाली मगर
गल्याङ् , पौष २४ – नेपाल मगर संघ जिल्ला समिति स्याङ्जाको आयोजना र गल्याङ् इकाई समितिको व्यवस्थापनमा पहिचान सहितको सघिंय सविंधान निमार्णमा दवाव स्वरुप वृहत सभा गर्ने भएको छ ।
सभा नेपाल मगर संघ केन्द्रिय महासचिव नविन रोका मगरले उद्धघाटन गर्ने नेपाल मगर संघका जिल्ला सदस्य कृष्णामाया राना मगरले वताए । यता मगर समुदायको महान् पर्व माघे सक्रान्तिको अवशर पारी नेपाल मगर युवा संघ इकाई समिती गल्याङ्ले क्लव स्तरीय भलिवल प्रतियोगिताको उद्धघाटन पनि सङ्गै हुने भएको छ ।
प्रत्येक वर्ष माघेसक्रान्तिको अवशरमा आयोजना गर्दै आएको भलिवल प्रतियोगिता यस वर्ष पनि निरन्तरता दिन लागेको मगर युवा संघ गल्याङ्का अध्यक्ष डोलु थापा मगरले जानकारी दिए ।
“स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने उद्धघोषका साथ आयोजना गर्न लागिएको भलिवल प्रतियोगितामा विजेताले नगद रु. ४० हजार, शिल्ड , मेडल तथा प्रमाणपत्र, उपविजेताले नगद रु.२० हजार , शिल्ड मेडल तथा प्रमाणपत्र , तृतिय समुहले नगद रु.१० हजार , शिल्ड, मेडल तथा प्रमाणपत्र र सान्त्वना समुहले नगद रु. ५ हजार शिल्ड मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खेल अवधिभर उत्कृष्ट खेल प्रदशन गर्ने खेलाडीले नगद रु. २ हजार तथा ट्रफि हात पार्नेछन् । प्रतियोगितामा सहभागि हुन पौष २३ र २४ गते दर्ता गर्न सकिने खेल सयोंजक पवन राना मगरले वताए । पौष २५ गते उद्धघाटन हुने खेल मगर समुदायको मुख्य पर्व माघे सक्रान्ति अर्थात माघ १ गते विविध सास्ंकृतिक प्रस्तुतिहरुका साथ समापन हुनेछ ।
माघे सक्रान्तिको दिन राष्ट्रिय तथा स्थानिय कलाकारहरुले मगर सस्ंकृति झल्किने विविध सांस्कृतिक प्रस्तुतीहरु राखिने सांस्कृतिक उप समितिका सयोंजक राम थापाको भनाई छ । खेल वुटवल पावर कम्पनीको खेल मैदान गल्याङ्मा हुनेछ । भण्डै ३० क्लवको सहभागिता रहने आयोजकले दावि गरेको छ ।
