मिति :– २०७१-९-२२
परिचय :
सदियौंदेखि आफ्नो मुल थलोबाट शाषकहरुद्धारा बिस्थापित मगर जाति प्राकृतिक स्रोत जल जंगल जमिन, खानी र व्यापारिक नाका माथिको अधिकारवाट वञ्चित हुदै आएको छ । जनसंख्याको हिसावले नेपालको तेस्रो ठुलो मगर जाति आदिवासी जनजाति मध्ये सबै भन्दा ठुलो जाति नेपालमा मात्र नभएर विश्वको विभिन्न मुलुकहरुमा छरिएर रहेका छन् । मगर जाती आफ्नै मौलिक पहिचान भेषभुषा भाषा संस्कृति समतावादी सामाजिक संरचना प्रकृतिपुजक जाति हो । वि स. १६१६ सालमा आफ्नो अन्तिम राज्य गोरखा खोसिएपछि शाषकहरुले मगर जातीलाई राज्यविहिन वनाउदै शोषण, दमन, उत्पीडन भेदभाव र अपमान खेप्दै आइरहेको अवस्था हो । त्यति मात्र नभई राज्यबाट मगर समुदायले राजनीति, आर्थिक, सामाजिक, सांस्कृतिक, नैतिक, शैक्षिक लगायतको क्षेत्रमा समेत पछि पर्नु परेको तितो यथार्थत हाम्रो सामु जगजाहेर छ ।
मगर जातीहरु करिव अढाई शताब्दी अगाडीदेखि आफ्नो स्वशासित राज्य विहीनताको शिकार वन्दै आएको उनीहरु शैक्षिक लगायत हरेक क्षेत्रमा अगाडी बढाउने उद्दृेश्यले युवा मगर विद्यार्थीहरुलाई सचेत संगठित एकतावद्ध वनाउदै आफ्नो अधिकार सुनिश्चित गर्ने अभिप्रायले वि.स. २०५१ फागुन २७ गते दाङ्गको घोराहीमा नेपाल मगर विद्यार्थी संघको स्थापना भएको हो । स्थापनाकालदेखि हालसम्म संघले मगर विद्यार्थीहरु लाई सचेत संगठित र एकतावद्ध गर्दै उनीहरुको ज्ञान, सीप र क्षमताको अभिवृद्धि गर्नकोलागि शैक्षिक जागरणको अभियान थालनी गरेको हो । साथै सम्पूर्ण अधिकार प्राप्तिको मूल स्रोत राजनीतिक अधिकार प्राप्तिले हुने भएको हुंदा हरेक राजनीतिक सचेतनाको आन्दोलन, हाम्रो पहिचानको आन्दोलन, सामाजिक सुधारको आन्दोलन, शैक्षिक आन्दोलन, सांस्कृतिक आन्दोलन, साझा समस्या माग मुद्धा र लक्ष्य बोकेका आदिवासी जनजाति विद्यार्थी महासंघ र महासंघमा आवद्ध संस्थाहरुसंग मिलेर शसक्त आवाज बुलन्द गर्न संघले नेतृत्वदायी भुमिका खेल्दै आएको छ ।
हालसम्मको गतिविधिहरु :
संघको स्थापना पश्चात संगठन निर्माण पुर्ननिमाण र सुदृढिकरण अभियान रुपमा अगाडी बढेको छ । अहिले सम्म १३ वटा अञ्चल समिति, ५५ भन्दा बढि जिल्ला समिति, २ विश्विद्यालय समिति, ५सय ५० भन्दा वढी क्याम्पस, उच्च मा.वि., प्राविधिक शिक्षालय र मावि समितिहरु क्रियाशील छन् । ती समिति मार्फत लाखौं मगर विद्यार्थीहरु आवद्ध छन् । संघको सांगठनिक विकास क्रममा २०५३ असोज २४,२५ र २६ गते पोखरामा प्रथम राष्ट्रिय महाधिवेशन,२०५६ मंसिर २४, २५ र २६ गते काठमाण्डौमा दोस्रो महाधिवेशन, २०५९ माध २५,२६ र २७ गते तेस्रो महाधिवेशन काठमाण्डौ, २०६२ पौष १० र ११ गते काठमाडौंमा चौथो राष्ट्रिय महाधिवेशन, २०६४ पौष १४, १५ र १६ गते बागल्ङमा पांचौं राष्ट्रिय महाधिवेशन, २०६६ माघ ८ र ९ गते पाल्पाको तानसेनमा छैंठौं राष्ट्रिय महाधिवेशन, २०६८ माघ १३, १४ र १५ गते तनहुंको दमौलीमा सातौं राष्ट्रिय महाधिवेशन र २०७० माघ १६, १७ र १८ गते कास्कीको पोखरामा आठौ राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेका छन् । त्यस्तै, संघको वार्षिक नीति, कार्यक्रम र कार्ययाजना तय गर्न २०५४ मंसिर २७ र २८ गते झापाको बिर्तामोडमा राष्ट्रिय सम्मेलन, २०५५ मसिर २६ र २७ गते कैलालीको धनगढीमा राष्ट्रिय सम्मेलन, २०५७ पौष ५ र ६ गते उदयपुरको गाईघाटमा राष्ट्रिय सम्मेलन, २०६० फागुन २७ र २८ गते बांकेको नेपालगञ्जमा राष्ट्रिय विस्तारित भेला, २०६३ फागुन ४ र ५ गते मकवानपुरको हेटांैडामा राष्ट्रिय विस्तारित भेला, २०६५ माघ ११ र १२ गते दाङको घोराहीमा बिस्तारित भेला, २०६७ फागुन २७ र २८ गते सिन्धुलीको सिन्धुलीगढीमा राष्ट्रिय विस्तारित भेला र २०६९ फागुन २६ र २७ गते बॉकेको नेपालगञ्जमा राष्ट्रिय विस्तारित बैठक सम्पन्न भइसकेका छन् । यसै क्रममा मगर जाति मगर संघसंस्था र मगर आन्दोलनको समग्र समीक्षा गर्दै नेपालको
समसामयिक राजनीतिक अवस्था र यसले मगरहरूको हक, अधिकार स्थापित गर्ने आन्दोलनमा के कस्ता भूमिका खेलेको र आगामी दिनमा भूमिकालाई घनिभूत रूपमा प्रभावकारी बनाउने उद्देश्यले देशभरका अगुवा मगर विद्यार्थी प्रतिनिधिहरू बीच व्यापक छलफल र बहस गरी निचोड निकाल्न संघले बितेको एक वर्षे कार्यकालको समीक्षा र आगामी वर्षको कार्यनीति, कार्यक्रम र कार्ययोजना तय गर्ने उद्देश्यले दाङ जिल्लाको घोराहीमा “जातीय पहिचान र आत्मनिर्णयको अधिकारसहितको समृद्ध मगरात स्थापनार्थ हाम्रो अडान, नयॉ बन्ने संविधानमा वैज्ञानिक, व्यवहारिक, संघीय शिक्षा प्रणाली र राष्ट्रिय एकताको पक्षमा हाम्रो अभियान” भन्ने मूल नाराका साथ राष्ट्रिय भेला–२०७१ सम्पन्न हुन गइरहेको छ ।
राष्ट्रिय भेलाका उद्देश्यहरू:
संघको महाधिवेशन नहुने हरेक वर्ष संघको मातहतमा रहेका मावि समिति, उच्च मावि समिति, क्याम्पस समिति, विश्वविद्यालय समिति, जिल्ला समिति, अञ्चल समिति, केन्द्रीय विभागका प्रतिनिधिहरू, केन्द्रीय समितिका पदाधिकारीहरू एवं सदस्यहरूको प्रतिनिधित्व रहने राष्ट्रिय विस्तारित भेलाले विधानतः बितेको एक वर्षे कार्यकालको समीक्षा र आगामी एक वर्षका लागि नयॉ कार्यनीति, कार्यक्रम र कार्ययोजना विस्तृत रूपमा तय गर्दै त्यसको सफल कार्यान्वयनका लागि आवश्यक रणनीतिहरू तयारी गर्नु भेलाको मुख्य उद्देश्य हो । अहिले नयॉ संविधान निर्माणका सवालमा विशेषगरी, मगरलगायत आदिवासी जनजातिहरूको पहिचान र अधिकारसहितको नयॉ संविधान संस्थागत गर्न अप्ठ्यारो बिषम परिस्थितिमा सचेत मगर विद्यार्थीहरूको साझा संगठन नेपाल मगर विद्यार्थी संघले नेतृत्वदायी भूमिका निर्वाह गरोस् भन्ने सबैको दृढ चाहना भएकै कारण हाम्रो अधिकार सुनिश्चित गर्नका निमित्त यत्रतत्र छरिएर रहेका सबै मगर विद्यार्थीहरूलाई ऐक्यबद्धता गराई प्रगतिशील संविधान जारी गर्नका निमित्त सचेत पहलकदमी गर्न रणनीतिक योजनाहरू पनि भेलाले नै तय गर्नेछ ।
शिक्षा प्राप्त गर्ने सबैको नेैसर्गिक अधिकार हो । त्यसमा पनि सबै जात-जातिले आफ्नो मातृभाषामा शिक्षा पाउनु मौलिक अधिकार हो । एकातिर,आफ्नो भाषा, धर्म, संस्कृतिलाई उत्थान गर्ने शिक्षा नीतिको आवश्यकता छ भने अर्कोतर्फ रोजगारमूलक व्यवहारिक, वैज्ञानिक र संघीय शिक्षा प्रणालीको आवश्यकता स‘गस‘गै आएको छ । अब राज्यले दुई खालको विभेदपूर्ण शिक्षा नीतिलाई एउटै शैक्षिक नीतिमार्फत् आम जनतालाई शिक्षित गर्न र सम्पूर्ण आदिवासी जनजातिहरूको पहिचानलाई सुनिश्चित गर्ने शिक्षा नीति तय गर्नुका साथै, शैक्षिक बेरोजगारी अन्त्य गर्न व्यवहारिक र संघीय शिक्षा प्रणालीलाई देशको मूल कानुनमा संस्थागत गर्दै आम नेपालीको शैक्षिक गुणस्तर वृद्धि गर्न दबाब दिनु पनि यो भेलाको उद्देश्य रहनेछ ।
यस्तो, संगीन घडीमा सचेत मगर विद्यार्थीहरूको साझा संगठन नेपाल मगर विद्यार्थी संघले राष्ट्रिय विस्तारित भेला–२०७१ मार्फत् सम्पूर्ण प्रतिनिधिहरूबीच बृहत छलफल र बहस गर्दै नयॉ बन्ने संविधानमा हरेक जातिको पहिचान उत्थान गर्ने शिक्षा नीति र उत्पीडितहरूलाई मुक्ति दिलाउने हाम्रो र राम्रो संविधान संविधान सभाबाटै जारी गर्न दबाब दिने उद्देश्यले सबैलाई एकताबद्ध गराउन पहलकदमी लिनेछौं । तसर्थ, यस महान् गौरवशाली संगठन नेपाल मगर विद्यार्थी संघको राष्ट्रिय विस्तारित भेला सम्पन्न गर्न गइरहेको यस सन्दर्भमा सबै संघसंस्था, विश्वका मगर संघसंस्थाहरू, नेपाल सरकार, समस्त राजनीतिक दल, उद्यमी, व्यवसायी, पेशाकर्मी, शिक्षक, प्राध्यापक, वकिल, मजदुर, किसान, कलाकार, पत्रकार, समाजसेवी, नागरिक अधिकारकर्मी, बुद्धिजीवीलगायत सबैमा आर्थिक, भौतिक तथा नैतिकलगायत सबै प्रकारको सहयोग, सल्लाह र सद्भावको लागि नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समिति हार्दिक अनुरोध गर्दछ ।
राष्ट्रिय विस्तारित भेला कार्यक्रम :
उद्घाटनसत्र :
२०७१ माघ १६ गते शुक्रबार
स्थान :मिलन केन्द्र घोराही–११,दाङ्ग
समय :बिहान ११ः०० बजे
र्याली :बिहान १०ः०० बजे ।
बन्दसत्र :
मिति : मिति : २०७१ माघ १७ गते शनिबार
स्थान :नारायण सल्यानी हल भरतपुर–११, घोराही दाङ्ग
समय : बिहान ६ः०० बजे
दिपा आलेमगर
अध्यक्ष
फोन नं. ९८५८०२७८५३
Email: aledeepa@gmail.