मगर विद्यार्थीको राष्ट्रिय भेला दांगमा हुने

Read Time:3 Minute, 54 Second

राज्यसत्ता ,

दाङ्ग घोराही , पुष १९ – नेपाल मगर विद्यार्थी संघ केन्द्रीय समितिले दांगको घोराहीमा आयोजना गर्न लागेको राष्ट्रिय विस्तारीत भेलाको तयारीकालागि शनिबार पहिलो चरणको भेटघाट तथा छलफल सम्पन्न भएको छ ।

  साथै विस्तारीत भेलाको बारेमा सूचना सम्प्रेणकोलागि शनिबार नै नेपाल पत्रकार महासंघ घोराहीमा पहिलो चरणको पत्रकार सम्मेलन पनि गरेको हो ।

संघको केन्द्रीय अध्यक्ष दिपा आलेमगर र महासचिव गोमबहादुर रानामगर भेलाको तयारीकोलागि शुक्रबार नै दांगको घोराहीमा प्रस्थान गरेका थिए ।

शनिबार विहानै पहिलो भेटघाट तथा छलफलमा यहांस्थित मगर एवं गैरमगर विद्यार्थीहरु संग भेलाको बारेमा विस्तृतरुपमा छलफल गरी कामको जिम्मा दिइयो । त्यसैगरी दोस्रो चरणमा यहां स्थीत मगर समुदायका बुद्धिजिवि अग्रजहरु, आदिबासी जनजाति अग्रजहरु संग भेट गरी राष्टिय विस्तारीत भेलालाई भब्य र  सब्य ढंगले सफल पार्न छलफल गरियो । भेटघाटकै क्रममा भेलालाई सफल पार्न यहांस्थीत स्थानीय बृद्धिजिविहरुले आर्थिक, भौतिक, नैतिक रुपमा सहयोग गर्ने विश्वास दिलाएका छन् ।

विभिन्न संघसंस्थामा आबद्ध बुद्धिजिविहरुले आ आफ्नो तर्फबाट आफूहरुले सक्ने सहयोग र साथ दिने बताए । उनिहरु दांग जिल्लामा मगर विद्यार्थी संघको राष्टिय भेला हुन गईरहेकोमा खुशी ब्यक्त गर्दै अवसरको रुपमा लिनु पर्ने बताएका थिए । त्यसैगरी तेस्रो चरणमा दांगका प्रत्रकारहरु र्माझ भेटघाट गरियो । मगर विद्यार्थी संघको राष्टिय विस्तारीत भेलालाई भब्य रुपमा सम्पन्न गर्न राष्टको चौथो अंगको ठूलो भूमिका हुने भएको हुंदा संघले गरेको गतिविधिलाई सूचना प्रवाह गरि दिनकोलागि केही समय पत्रकारहरु मांझ भेटघाट गरि छलफल गरियो । सोही पत्रकार सम्मेलनमा पत्रकारहरुले भेलाको शुभकामना सहित समाचार प्रकाशन गर्न आफूहरुले कुनै कसुर बांकी नराख्ने बताएका थिए ।  

भेलाकोलागि तयारीमा गएका संघका केन्द्रीय अध्यक्ष दिपा आलेले भेलालाई भब्य रुपमा सफल पार्न यहां स्थित स्थानीय पत्रकार, विद्यार्थी स्थानीय बासिन्दाहरुले सहयोग र साथ दिनु पर्ने धारणा राखेका थिए । वर्षौ देखि आफ्ना पहिचान देखि पछाडि पारिएका मगर समुदायको हककोलागि पत्रकार जगतले विशेष सुचना मार्फत राज्य समक्ष पुराउन ठूलो भूमिका खेल्ने बताए ।

३ वटै चरणको भेटघाट तथा छलफल कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष दिपा आलेमगरले गरेका थिए भने कार्यक्रम सञ्चालन संघका महासचिव गोमबहादुर रानामगर र स्वागत मन्तब्य मूल समितिका संयोजक एवं केन्द्रीय सदस्य जुनु बुढामगरले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %