बरिष्ठ समाजसेवी कृष्ण लिङखा अस्ताए

भिम बरही मगर ,

हंगकंग, ४ जनवरी-  लिङमा इन्जिन्यरिङ कन्स्ट्रक्सन कम्पनी लिमिटेडका म्यानेजिङ  डाइरेक्टर तथा नेकपा-माओवादी हङकङका सचिव साथै विभिन्न सघ–सस्थामा रही सामाजिक र राजनैतिक क्षेत्रमा सक्रिय, सफल उध्यमी तथा समाज सेवी “लिङखा मामा” “स्व. कृष्ण बहादुर लिङखाको अन्तिम श्रद्दाञ्जली तथा अन्त्यष्टी कार्यक्रम ४ जनवरीमा सम्पन्न भएको छ ।

  ११ वजे देखि दिउसो २ वजे सम्म हुङहाममा अन्तिम श्रद्दाञ्जली कार्यक्रमपछि चाईवानमा उहाँको अन्तिम दाह सस्कार गरीएको थियो । 
हंगकंगका बिभिन्न संघ संस्था लगायत शुभ चिन्तकहरूको ठुलो भिड लागेको थियो ।  हङकङको नेपालीको इतिहासमा सवैभन्दा धेरै मलामी उपस्थित भएको स्व. लिङखा नै एक हो । नैां वटा ठुलो बस लगायत ब्यक्तिगत रूपमा गाडीमा जानेहरू पनि धेरै नै थिए । 

  
संखुवासभा निवासी ५५ वर्षिय लिङखा मुटुको अप्रेसन सकि घर फर्किएको दुईदिन पछि जोर्डन स्थित निवासमा विहानीपख सास फेर्न गाह्रो भयो भनि एम्बुलेन्समा हस्पिटल जाने क्रममा २४ डिसेम्बर २०१४ को दिन असमाहिक निधन भएको थियो । लिङखाको धर्म पत्नी तथा दुर्इ छोरा र एक छोरी छिन ।

  उनि १९७९ साल जनवरि २२ तारिकका दिन बृटिस आर्मीको लागी धरान घोपा कैम्पमा भर्ति भएर Queen’s Gurkha Engineer’s Regiment मा भरना भएर हङ्कङ् पुगेका थिए । उनि पल्टनमा पनि अति मेहनति, लगनशिल र बफादारी ‘स्याप्पर’ (सिपाही)का रूपमा परिचित थिए ।

उन्ले जिवनमा ब्याक्तिगत , सामाजिक,राजनैतिक रूपमा अतिनै सँध्रश गरेका एक हस्तिका रूपमा परिचित थिए । उनको यस निधनले सिङ्गो हङ्कङेली नेपाली समाज लाइ अपूर्णि क्षति भएको सबैले महसुस गरेका छन् ।”लिङखा मामा” “स्व. कृष्ण बहादुर लिङखा लाइ राज्यसत्ता परिवार बाट श्रद्दाशुमन ।