बिनोद रखाली मगर
गल्याङ १९,पुस – स्याङ्जाको जगत्रदेवी गाविस वडा नं ८ स्थित गल्याङ बजार व्यवस्थापन समितिको चौथो अधिवेशन तथा साधारण सभाले जनक कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय गल्याङ् बजार व्यवस्थापन समिति गठन गरेको छ ।
समितीको उपाध्यक्षमा सुवेदार चन्द्र बहादुर रखाली मगर, सचिवमा जयसिंह राना मगर, सहसचिवमा सुन्दर श्रेष्ठ, कोषाध्यक्षमा गंगा प्रसाद श्रेष्ठ सदस्यहरुमा भिमलाल बराल, बिजय बुढा मगर, सूर्यप्रसाद भट्टराई, मनोज राना मगर, शिव प्रसाद न्यौपाने, उर्मिला गुरुङ मनोनयन भएको निर्वाचन समितिका संयोजक महेन्द्र श्रेष्ठले जानकारी गराए ।
पुस १२ गते उद्घाट सत्र सकिएको समितिले पुस १३ र १४ गते सहमतिको समय तोकेको भएता पनि सहमति हुन नसके पछि १४ गते सांझ सम्म मनोनयन दर्ता गराएकाहरुवाट आज निर्वाचन समितिले कार्य समिति गठन गरेको थियो ।
समितिको निर्वाचनका लागि महेन्द्र श्रेष्ठ संयोजक, सूर्य प्रसाद डुम्रे सचिव र सूर्य प्रसाद चापागाई सदस्य रहेको तीन सदस्य कार्य समिति गठन गरेको थियो ।
