बिनोद रखाली मगर
स्याङ्जा, पौष १९ -पहिचान र अधिकारको संविधानका निर्माणका लागि भन्दै एकीकृत माओवादी नेृतत्वको ३० दलीय मोर्चाले स्याङ्जामा शनिबार बिरोध पर्दशन गरेको छ ।
मोर्चाले स्याङ्गजामा गरेको कार्यक्रममा एकिकृत माओबादीका केन्द्रिय सदस्य कृष्ण शर्मा निडरले प्रक्रियाका नाममा काग्रेस र एमाले संविधानसभा भंग गर्ने तर्फ लागेको बताए । उनले बिभिन्न बाहनामा सरकारले एकलौटी रुपमा संविधान बनाउन खोजे सडक माझबाट जनताको संविधानको घोषण गर्ने बताए ।
दुई सय ४० बर्षिय राजतन्त्रको अन्य गर्ने माओबादी सहितका दलको मोर्चालाई कमजोर सम्झेको उहाँको भनाई थियो ।
अबिरण बर्षाको बिचमा सहित चोकमा गरिएको कार्यक्रममा उनले ३० दलीय मोर्चाले जातिय राज्य नभई आफ्नो अधिकार खोजेको बताए ।
माओबादी पार्टी कार्यालयबाट निश्केको र्याली सहिद चोकमा भएको जनसभामा जिल्ला अधयक्ष शैलेन्द्र घिमीरे लगायतले मन्तब्य राखेका थिए ।
