उद्योग वाणिज्य संघ बाँयटारीको चौथो साधारण सभा सम्पन्न

Read Time:2 Minute, 28 Second

विनोद रखाली मगर

गल्याङ् , पौष १९ – स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ इकाई समिति बाँयटारी झलुङ्गेको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

साधारण सभाको उद्धघाटन गर्दै स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नवराज सुवेदीले उद्योगी व्यवसायीहरुको हक तथा अधिकार राज्यले सम्वोधन गर्नुपर्ने उल्लेख गरे । सुवेदीले व्यवसायी सवै क्षेत्रवाट असुरक्षित भएको वताउदै राज्यको निति वलियो हुन नसक्दा उद्योगीहरु प्रोसाहित हुन नसकेको जनाउदै वन्दै गरेको सविंधानमा प्रस्ट निति तथा व्यवहारिका लागु हुनु आवश्यक रहेको वताए ।

कार्यक्रममा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष महेन्द्र श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक सगंठनका स्याङ्जा जिल्ला अध्यक्ष याम वहादुर कुँवर , गल्याङ् इकाई सभापति लेखनाथ भट्टराई, जिल्ला सदस्य सुनिता पौडेल , वाँयटारीका निर्वतमान अध्यक्ष हेम प्रसाद गैह्रे, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान स्याङ्जाका जिल्ला अध्यक्ष अर्जुन गैह्रे , समाजसेवि देउलाल गुरुङ् , विनु भण्डारी , हरिकला पाठक , एकनारायण गैह्रे, भिम प्रसाद  गैह्रे , कृष्ण प्रसाद डुम्रे  लगाएतले वोलेका थिए ।

इश्वरी प्रसाद गैह्रेको स्वागत सङ्गै सुरु भएको कार्यक्रमको सन्चालन लोकनाथ डुम्रेले गरेका थिए । कार्यक्रम स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ वाँयटारी इकाई समितिका अध्यक्ष शुभाखर तिवारीको अध्यक्षता सम्पन्न भएको थियो ।

यो समाचार तयार पार्दा सम्म नयाँ कार्यसमितिको सर्वसम्मत निर्वाचन गर्ने पहल भैरहेको वताइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %