
आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, नेपालको दोस्रो चरणको आन्दोलन क्रमस निम्न मिति, स्थान र समयमा निम्न क्रियाकलापहरू हुनेछ :
१. २०७१ पुष १७ गते पत्रकार सम्मेलन फोनिज काठमाडौं आन्दोलन घोषणा तथा पत्रकारहरुसँग साक्षात्कार गर्ने ।
२. २०७१ पुष मसान्तसम्म प्रचार–प्रसार तथा जागरण अभियान देशभर पर्चा, पम्प्लेटिङ, भित्ते लेखन तथा संचार माध्यमहरुबाट प्रचार प्रसार, जागरण कार्यक्रम, सभा तथा घरदैलो ।
३. २०७१ पुष १८ गते युवा–विद्यार्थी भेला यायोक्खा सभाहल, कोटेश्वर, काठमाडौ बिहान ११ बजे आदिवासी जनजाति युवा विद्यार्थीहरुको भेला गरी आदिवासी जनजाति स्वयमसेवक दल गठन गर्ने ।
४. २०७१ पुष १९ गते राष्ट्रिय युवा भेला कावासोती, नवलपरासी बिहान ११ बजे आदिवासी जनजाति युवाहरुलाई प्रशिक्षण ।
५. २०७१ पुष २१–२४ गते अकुपाई बानेश्वर बानेश्वर, काठमाडौं बिहान ११ बजे जातिय पहिचान झल्कने साँस्कृतिक कार्यक्रमसहित अकुपाई गर्ने ।
६. २०७१ पुष २२ गते महिलाहरुसँग अन्तरक्रिया काठमाडौं विहान ११ बजे आदिवासी जनजाति, खस–आर्यन, मधेशी, मुस्लिम, दलित, बुद्धिजिवि तथा सभासद महिलाहरुसँग अन्तरक्रिया गर्ने ।
७. २०७१ पुष २४ गते राजनीनिक दलका शिर्ष नेताहरुसँग अन्तरक्रिया काठमाडौं विहान ११ बजे राजनीतिक दलका शिर्ष नेताहरुसँग अन्तरक्रिया गर्ने ।
८. २०७१ पुष २७ गते विरोध कार्यक्रम बसन्तपुर, काठमाडौं विहान ११ बजे विरोध कार्यक्रम गर्ने ।
९. २०७१ माघ २ गते आमसभा काठमाडौं बिहान ११ बजे बृहत शक्ति प्रदर्शनसहित सभा गर्ने ।
१०. २०७१ माघ ६–८ गतेसम्म जनप्रदर्शन बानेश्वर, काठमाडौं बिहान ११ बजे संविधानसभा भवन अघि ४ स्थानबाट जनप्रदर्शन तथा घेराउ गर्ने ।
नोट :
* माथी उल्लेखित आन्दोलनको कार्यक्रमहरु सम्बन्धित प्रादेशिक संघर्ष समिति-मोर्चा तथा त्यस अन्तर्गतका घटकहरुको सहमति, पहल, ब्यवस्थापन र क्रियाशिलतामा हुनेछ । कार्यक्रम तयारी सचिवालयले सम्बन्धित संगठनहरुको समन्वयमा गरिनेछ ।
* आ–आफ्नो प्रदेश, स्वायत्त क्षेत्र, विशेष स्वायत्त क्षेत्र तथा संरक्षित क्षेत्र तथा जिल्लाहरुमा पहिचान यात्रा तथा जागरण सभाहरु गरिनेछ ।
