तमुको ल्हु एउटै भए पनि ल्होछार र ल्होसार फरक

Read Time:2 Minute, 39 Second

 भिम बरही मगर, राज्यसत्ता, १ जनवरी, हंगकंग, तमु ट्हो ह्युल हंगकंगको आयोजनामा मंकी हिलमा ल्हु ल्होछार आधा जसो तमुहरुले मनाएका छन । किनकी आधा जसो तमुहरुको अर्को संस्था तमु प्ये ल्हु संघ हंगकंगले ल्हु ल्होसार ताइ मो सान डाँडामा मनाएका छन । यदि तमुहरु एक भएर एकै ठाउँमा मनाएको भए पक्कै पनि भब्य र सब्य हुने कुरामा दुई मत छैन तर यसो हुन सकेन किन त ? किनकि प्ये ल्हु ले प्रकुति र पितृको पुजा गरी ल्होसार मनाउँछन तर ट्हो ह्युलले भने कुनै पनि धार्मिक पद्धति नअपनार्इ सवै धर्मावलम्विलार्इ मान्य हुने गरी ल्होछार मनाउँछन त्यसैले पनि एक हुन नसकेको ट्हो ह्युलका सल्लाहकार समेत रहेका दुर्गा तमु (मिलन) ले बताए । ल्हु एउटै भए पनि प्ये ल्हु ले ल्होसार र ट्हो ह्युलले ल्होछार भन्ने गर्छन यसमा पनि फरक भएको उनले थपे । किन तमुहरु एउटै सन्तान भएर अरु कुरामा एक भए पनि ल्होसार र ल्होछार भनी विभाजित भइ रहेका छन त ? यसमा अब बुद्धिजीवि तमुहरुले सोचेर अध्ययन तथा अनुसन्धान गरी ठोस मिलन विन्दु पत्ता लगाएर एक हुनु पर्ने आजको आवश्यता रहेको देखिन्छ । तमु ट्हो ह्युलका सल्लाहकार रहेका कोमल स्यान्जाली कान्छा तमुले फेसबुकमा दुख ब्यक्त गर्दै आक्रोस पोख्दै यस्तो स्ट्याटस लेखेका छन जस्ताको तस्तै कपि गरीएको छ ।

हामी गुरूड जातीहरू कोही ताई मो शान् कोही मकीहिल किन यो कसरी भयो कि हामी हरू गुरूड् होईन ? त्यसले यदि हामी सबै गुरूड् जाती हरू हौउ भने एकै ठाउ मा आउनु ? यदि हामी गुरूड् जाती हरूले यसरी बेदभदभात गरेर हामी हामी मा किन लाडई गने हामी दुबै को हात काटेरातो रंगत मात्र हुन्छ र । यदि म गुरूड् को छोरा हो तर मेरो धमॅ किसेन हो म काहा जाने ल भन्नु म काहा जाउ मकीहिल जाउ कि ताईमोशन ?        

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %