विप्लवका कार्यकर्ताद्वारा वैद्यका कार्यकर्तामाथि साङ्घातिक आक्रमण

Read Time:3 Minute, 18 Second

रूद्र श्रीसमगर

पोखरा, १६ पुस

केही समयअघि मात्र नेकपा–माओवादीबाट छुट्टिएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले नेकपा–माओवादीका कार्यकर्तामाथि साङ्घातिक आक्रमण गरेका छन् ।

आक्रमणबाट नेकपा–माओवादीनिकट अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी सङ्घ कास्कीका सचिव सुरेश थापा ‘समीर’ गम्भीर घाइते भएका छन । थापाको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते थापाको पोखरा–९, लखनचोकस्थित गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रत्यक्षदर्शीका अनुसार थापालाई विप्लवका कार्यकर्ताले पछाडिबाट रडले प्रहार गरेका थिए । आक्रमणबाट नेकपा–माओवादीनिकट अनेमसङ्घ (क्रान्तिकारी) कास्की क्षेत्र नं. ३ की संयोजक लक्ष्मी अधिकारी ‘स्मृति’ समेत घाइते भएकी छिन ।

मगलबार साँझ ६.३० बजेको समयतिर राष्ट्रिय उद्योग व्यापार महासङ्घद्वारा सञ्चालित पोखरा–९, लखनचोकस्थित पोखरा सस्तो बजारपरिसरभित्र व्यापारको विषयलाई लिएर भएको सामान्य भनाभनका क्रममा विप्लवका कार्यकर्ताले आफूहरूमाथि एक्कासी आक्रमण गरेको घाइते थापाले बताए ।

‘बाहिर व्यापार गर्न गयो भन्दै नबेच भने, घाइते अधिकारीले भनिन, ‘विप्लव माओवादीका शिव खनाल र उसको बुढीले ममाथि हातपात ग¥यो ।’ आफूहरूले आक्रमणकारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको भन्दै अधिकारीले आक्रमणकारीलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने बताइन ।

घाइते थापाकी श्रीमती आशिका थापाले कडा कारबाहीको माग गर्दैै जिल्ला प्रहरी कार्यालय कास्कीमा सस्तो बजारमै व्यवसाय गरी बस्ने टड्ढ खतिवडा, शिव खनाल, सोम लामा, दलबहादुर राना र विवेक थापाविरुद्ध किटानी जाहेरी दर्ता गरेको छ । यसैबीच, अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी सङ्घ कास्कीले एक विज्ञप्ति जारी गरी सो घटनाको घोर निन्दा गरेको छ ।

अध्यक्ष दिलीप कुमार सुनारद्वारा हस्ताक्षरित विज्ञप्तिमा सो आक्रमणमा संलग्नलाई यथाशीघ्र छानविन गरी कडा कारबाही गर्न माग गर्दै अन्यथा आफ्नो कडा कदम चाल्ने चेतावनी दिइएको छ । आफ्ना जिल्लास्तरीय नेताहरूमाथि गुण्डागर्दी शैलीमा भौतिक आक्रमण गरिएको विज्ञप्तिमा जनाइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %