गोविन्द घर्ती
रुपन्देही पुस । राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीले आयोजना गरेको रुपन्देही बन्दको क्रममा ५ जना प्रक्राउ परेको छ । रुपन्देहीको देवदह खैरेनीबाट ४ जना र बुटवलबाट १ जना वन्दकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पार्टीका क्षेत्र नं १, रुपन्देहीका क्षेत्रीय अध्यक्ष धनबहादुर थापा, देवदह नगर समितिका अध्यक्ष डम्वरबहादुर थापा, नगर सदस्य गमबहादुर र कमान सिंह सारुलाई खैरेनीबाट पक्राउ गरेको हो ।
त्यसैगरी बुटवलबाट पनि एक जनालाई प्रक्राउ गरेको छ । लुम्विनी राज्य परिषद र रुपन्देही जिल्ला समितिले जिल्लाको चारनाकामा पार्टीले राखेको होडिङ्गबोड प्रशासन द्धारा हटाएको बिरोधमा आज रुपन्देही बन्दको आव्हान गरेको हो । पक्राउ गरेकाहरुलाई तत्काल रिहा नगरे शसक्त आन्दोलन गर्ने सो पार्टीले चेतावनी दिएको छ । राज्यले निरकुशता लाद्ने काम गरेको सो पार्टीले जनाएको छ । राष्ट्रिय जनमुक्ति पार्टीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्गको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा अहिले वार्ता भईरहेको जनाएको छ । वार्ता सकारात्मक रुपमा अगाडि बढेको वार्ता टोलीका सदस्य धनी आलेले बताएका छन ।
