सबै राजनीतिक दलहरु मिलेर संविधान बानउँछौ -प्र.म कोइराला

Read Time:3 Minute, 34 Second

दीपा आले

काठमाडौं , पुष १६-प्रधानमन्त्री सुशील कोइरालाले सबै राजनीतिक दलहरु मिलेर सहमति गरे तोकेकै समयमा संविधान बन्ने ठोकुवा गरे । उनले आम जनताको भाग्य र भविष्य नयां संविधानमै लेख्नु पर्ने भएको हुंदा सबै राजनीतिक दलहरु सहमतिमा आउनु पर्नेमा जोड दिए ।  

  पुष १५ तमुहरुको ल्होछार पर्वलाई उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले सबै जातजाति, धर्म, भाषाभाषी, र संस्कृतिलाई जगेर्ना गर्दै सबैको हकअधिकार र पहिचानलाई समेट्ने खालको नयां संविधान आउने विश्वास  दिलाए । उनले भने –“यो महत्वपूर्ण घडिमा आम जनतालाई संविधान आउने न आउने विषयमा चिन्ता भइरहेको होला तर आत्तिनु पर्दैन । सहमतिको आधारमै संविधान आउंछ म विश्वास दिलाउंछु ।” प्रधानमन्त्री कोइरालाले यति बेला देशमा आन्दोलन होइन शान्ति, सहकार्य र सहमतिको खांचो भएको हुंदा सबै राजनीतिक दलहरु सहमतिमा आई संविधान बनाउनु पर्ने बताए । राजनीतिक दलहरु आफ्ना निजी स्वार्थ भन्दा माथि उठेर आम जनताको भावनालाई सम्बोधन गर्ने खालको संविधान बनाउन पहलकदमी गर्नु पर्ने धारणा राखेका थिए ।

  उनले तुमहरुको महान पर्व लोछारलाई सम्बोधन गर्दै राज्यदेखि पछाडि परेका, विभेदमा परेका जाति, वर्ग, क्षेत्रका आदिबासी जनजाति, दलित, मुस्लिम, मधेशी, महिला, बालबालिका, अपांगहरुलाई समान हैसियत दिने खालको लोकतान्त्रिक गणतन्त्रमय संविधान बन्नेमा कुनै शंका नरहने बताए । देश परिवर्तनको घडिमा भईरहेको बेला देश विकास, शान्ति अमनचयन, जनताको सपना पुरा गर्न आफूले कुनै कसुर नछाड्ने बताउदै छिमेकी राष्ट्र भारत र चीनले पनि नेपालमा शान्ति र नयां संविधान आएको हेर्न चाहान्छ प्रधानमन्त्री कोइरालाले बताए ।  

  कार्यक्रममा आदिबासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष नगेन्द्र कुमालले पहिचान सहितको संविधान बन्नु पर्ने बताउंदै सबैको समान हैसियत हुने खालको संविधान बनाउन राजनीतिक दलहरुलाई आवाह्न गरे । उनले अब बन्ने नयां संविधानमा पहिचान सहितको संविधान नबने आफूहरुलाई मान्ने नहुने बताए ।

कार्यक्रममा विभिन्न जातिय संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता थियो । तमुहरुको महान पर्व ल्होछारमा सबैले शुभकामना आदानप्रदान साटासाट गरेका थिए । कार्यक्रम टुडिखेलमा भएको थियो । हजारौं तमुहरु र गैर तमुहरुको उपस्थित रहेको थियो ।

कार्यक्रममा तमूहरुले आफ्नै भेषभुषामा सजिएर झाकी र र्याली नृत्य समेत प्रस्तुत गरेका थिए । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %