जगत्रदेवी गाविसको २४ औँ गाउँ परिषद सम्पन्न भयो

Read Time:1 Minute, 48 Second

बिनोद रखाली मगर

स्याङ्जाको जगत्रदेवी गाविसको २४ औँ गाउँ परिषद आज सम्पन्न भयो ।  

गाउँ परिषदमा पशुसेवा कार्यालय गल्याङका प्रमुख श्रीदेव चौधरी, नेपाली काँग्रेस पार्टी प्रतिनिधि अर्जुन प्रसाद वस्याल,नेपका एकाले जगत्रदेवी गाउँ कमिटी अध्यक्ष किसान श्रेष्ठ, राष्ट्रिय जनमोर्चा पार्टी प्रतिनिधि सूर्य बहादुर थापा,नेवा समाज गल्याङका अध्यक्ष गंगा प्रसाद श्रेष्ठ, स्वतन्त्र पत्रकार संघ केन्द्रीय सदस्य टीकाराम अधिकारी,जनजाती प्रतिनिधि लालु जि टी, महिला प्रतिनिधि सपना श्रेष्ठ लगाएतले बोलेका थिए ।  

एम सि फेल भएका कारण  गाविसमा  १५ लाख बजेट आएको गाविस गाविस श्रोतले जानकारी गराएको छ । कार्यक्रममा बोल्ने बक्ताहरुले विगतका वर्षमा लगेको रकम काम नै नगर्ने परिपाटीका कारण गाविस एमसी फेल भएको बताउदै पुरानो परम्परालाई सुधार गरेर गाविसको अतिआवश्यक योजनालाई  प्राथमिकरण गरेर अगाडी वढनु पर्नेमा जोड दिएका थिए ।  

गाविस सचिव डोराज वस्यालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य सहायक गाविस सचिव गिरमान थापाले र सञ्चालन स्थानीय समाज परिचालिका पूर्णीमा न्यौपाने गरेकी थिइन  ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %