दिल थापा
बुटवल ।रोट¥याक्ट क्लब अफ बुटवल साउथ तथा रोट¥याक्ट क्लब अफ पोखराको सयुंक्त कार्यक्रम अन्र्तगत स्याङजा जिल्ला राम्दी घाट स्थित कल्पबास देव आश्रममा बस्नु हुने कुल ६४ जना वृद्ध बृद्धाहरु लाई जाडोमा लगाउने टोपी, स्वीटर, मोजा तथा कार्पेट वितरण गरियो । क्लबको बार्षिक नियमित कार्यक्रम अन्तर्गत सो सहयोग विगतका बर्षझै नियमित रुपमा गरिएको हो । औपचारिक कार्यक्रममा अध्यक्षता गर्नु भएका रो. धुर्ब के.सी रोट¥याक्ट क्लब अफ बुटवल साउथका अध्यक्षले क्लब समाजका हरेक क्षेत्रमा चासो राख्ने यूवाको जमात रहेकोले आश्रममा बस्नुहुने आमा बुवाको सुख दुखमा साथ दिने जमर्काे रुपमा यो कार्यक्रम गरिएको प्रष्ट पारे । यसै गरि रोट¥याक्ट क्लब अफ पोखराका अध्यक्ष रो अर्जुन प्र.खनालले यस किसिमका कार्यक्रम निरन्तर रुपमा गर्दे जाने प्रतिबद्दता व्यक्त गर्नु भएको कार्यक्रममा मन्तव्यकै क्रममा सो आश्रमका संयोजन कौशिक गुरुले यस किसिमका सहयोगले आश्रम संचलालनका सहजता पुग्ने हुनाले धन्यवाद् सहित हालैमात्र संचालनमा आएकोे गौशाला व्यवस्थित गर्ने सहयोग आवश्यक रहेको कुरा जोड दिदै आगमाी दिनमा गौशाला व्यवस्थापनका लागि समेत सहयोग गर्न आग्रह गरेका थिए ।
जेष्ठ नागरिक सम्मान कार्यक्रम—२ नाम दिईएको उक्त कार्यक्रममा झण्डै रु. ४५,०००।— बराबरको साम्रागी वितरण गरिएको थियो । रो. अमृत गौतमको संयोजनमा भएको उक्त कार्यक्रमको संचालन क्लबका सचिव रो.ज्ञानेन्द्र गिरीले गरेका थिए ।
