सनु थापा मगर
वुटवल , पौष १४ – राष्ट्रीय जनमुक्ति पार्टी रुपन्देहीले पौष १६ गते बुधबार रुपन्देही जिल्ला बन्दको घोषणा गरेको छ ।
पार्टीले सोमबार वुटवलमा पत्रकार भेटघाट गरी सो कुराको जानकारी गराएको हो । राष्ट्रिय जनमुक्ति पार्टीले नेपाल भारत सिमा तथा नेपाल प्रवेशद्वार (भैरहवा) सुनौलीको बेलहीया नाकामा राखेको स्वागत बोर्ड प्रशासनले बिना जानकारी फालिदिएको र यस विषयमा कुरा राख्दा प्रशासन गम्भिर नभएकाले बन्दको आह्वान गरेको हो ।
“लुम्बिनी प्रदेशमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौँ ।” भन्ने बोर्ड पौष ९ गते बुधबार एक कार्यक्रमका बिच राखिएको थियो । राजमुपा लुम्बिनी राज्य परिषद् र जनमुक्ति पार्टी जिल्ला कार्यसमिति रुपन्देहीको संयुक्त पहलमा स्वागत बोर्ड स्थापना गरीएको थियो । बोर्ड राखेको दिन बुधबार साँझ ६ बजे अध्याँरो पर्न लागेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पार्टीलाई कुनै जानकारी नै नदिई प्रहरी बल लगाएर बोर्ड उखेलेर फालिदिएको राजमु पार्टी जिल्ला अध्यक्ष झमबहादुर गुरुङ्गले बताए । उनले यो कार्य पार्टीलाई नै अपमान गर्ने गरि र सिङ्गो लुम्विनी प्रदेश चाहाने जनताहरुको भावना विपरित रहेको औँल्याए । प्रशासनको उक्त अनैतिक व्यबहार र कार्यप्रति घोर भत्सर्ना गर्दै राजमु पार्टी जिल्ला समिति रुपन्देहीले ०६२-०६३ को जनआन्दोलन को भावना तथा अन्तरीम संविधान २०६३ को मर्म विपरीत भएको ठहर गर्दै वक्तव्य जारी गरेको छ ।
राष्ट्रीय जनमुक्ति पार्टी रुपन्देही जिल्ला अध्यक्ष झम बहादुर गुरङ्गद्वारा हस्ताक्षरीत प्रेस बिज्ञप्तीमा लोकतन्त्र र गणतन्त्रको उपहास गर्दै निरकुंश व्यवस्थाको चरित्र देखाएको र सुचनाको हकबाट बन्चित गरेको पार्टीले ठहर गरेको उल्लेख छ । पौष १३ गते मंगलबार जिल्ला प्रशासन कार्यालयमा डेलीगेसन गई प्रशासनको उत्त कार्यको घोर भत्र्सना गर्दै ४८ घण्टाको समय दिँदै हटाइएको सो होडीङ्ग बोर्ड यथास्थानमा पुनस्र्थापना गरिदिनको लागि अल्टिमेटम सहित ज्ञापन पत्र बुझाइसके पनि यसको जबाफ पनि नदिएको र पार्टीको उक्त अनुरोधलाई बेवास्ता गरेकाले आफुहरु बाध्य भएर आन्दोलनमा जानुपरेको बताए । आन्दोलनको पहिलो चरणको स्वरुप अनुसार पौष १६ गते रुपन्देही बन्द गर्ने कार्यक्रम अनुसार बन्दको आह्वान गरीएको छ ।
अध्यक्ष गुरुङ्गले स्पष्ट पार्दै भने “जिल्ला बन्द गर्नु पर्ने स्थितीमा हामीलाई प्रशासनले नै बाध्य पारेको हो । यो बन्दबाट पर्न जाने असुबिधा प्रति हामी क्षमा पनि छौ र बन्दको कार्यक्रमलाई सहयोग गरी साथ दिनु हुन पार्टीको तर्फबाट अनुरोध पनि गर्दछौ ।” उक्त बन्दको दिन रुपन्देही भित्रका कुनै पनि सडकमा सवारी साधन,शैक्षिक संस्था,उद्योग कलकारखाना,ब्यबसाय सन्चालन नगरीदिनु हुन अनुरोध गरेको छ । “यो दिनमा एम्बुलेन्स,शवबहान तथा मिडियाका सवारी साधनलाई भने निर्बाध रुपमा चल्न दिने छौ” उनले भने ।
बन्दको बेलामा कसैले जर्बजस्ती र अटेर गरी बन्दको अबज्ञा गरेर कुनै अप्रिय घटना घट्न गएमा यसमा पार्टीले कुनै जिम्मेवारी लिन नसक्ने जानकारी समेत गराएको छ । राष्ट्रिय जनमुक्ति पार्टी लुम्विनी राज्य परिषदले लुम्विनी प्रदेशको माग राख्दै प्रस्तावित लुम्विनी राज्य प्रदेशको विभिन्न चार नाकामा स्वागत बोर्ड राखेको छ । राष्ट्रिय जनमुक्ति पाटी लुम्विनी राज्य परिषद समितिले लुम्विनी प्रदेशको माग राख्दै चरणबद्ध आन्दोलन समेत गर्दै आइरहेको छ ।
पत्रकार भेटघाट कार्यक्रममा राजमु पार्टीको युवा संगठन राष्ट्रीय युवामोर्चाका के. कोषाध्यक्ष शंकर गाहा,लुम्विनी राज्य परिषद्का उपाध्यक्ष धनी आले, लुम्विनी राज्य परिषद् सचिब भैरब थापा लगाएत पार्टी कार्यकताहरुको सहभागिता रहेको थियो ।
