देब पचभैया
पाल्पा, पौष १५ -नेपाली सेनाका पुर्ब प्रमुख रुकमाङ्गद कटुवालले देशलाई रक्तपातको भुमरीबाट आफुले जोगाएको दाबी गरेका छन । नेपाली जनता र उनीहरुको बिचारलाई आत्मसात गरेर तत्कालिन सेनाको प्रमुको हैशियतले आफुले गरेको निर्णयले संसार भर नेपाली सेनाको ईज्जत फैलिएको कटुवालको भनाई छ ।
मंगलबार पाल्पाको तानसेनमा आयोजना गरिएको कटुवालको आत्मकथा बिषयक पुस्तकको समिक्षा कार्यक्रममा बोल्दै कटुवालले बिश्वभरका सेनाहरुको ईतिहास फरक रहेको भन्दै राज सस्थाको सेनाको ट्याग लागेको नेपाली सेनालाई आन्दोलनमा जनताको सेना बनाईदिएको दाबी गरे । धर्मनिरपेक्षता, संघियता र राजतन्त्रको बारेमा आम नेपाली जनताको बिचार लिनुपर्नेमा समेत कटुवालले जोड दिएका छन । जनमत भन्दा पनि चार, पाच जना नेताले सहमति गरेर बनेको धर्मनिरपेक्षता, संघियता र राजतन्त्रको अन्त्यको बिषय जनतासंगको रायमा हुनुपर्ने कटुवालको भनाई छ ।
धर्मनिरपेक्षता, संघियता र राजतन्त्रको बिषयमा जनता संग सोधेर निर्णय नगर्दा सम्म देशमा अस्थिरता रहीरहने दाबी गरे । जनता सुतेर घुरेको बेला, भोली बिहान संचार माध्ययम मार्फत आएको परिबर्तनले दिगोपन नदिने कटुवालको भनाई छ । ईतिहासको रक्षाको लागी अहिले पनि पृथ्वीनारायण साह र राजारानीको फोटोहरु सेनाको कार्यालयहरुमा रहीरहेको भन्दै पुर्ब सेना प्रमुख कटुवालले आफुले पद छोड्ने बेला नया सेना प्रमुखलाई पनि त्यो फोटो नहटाउन निर्देशन दिएको बताए । आफुले भोगेको र देखेको कुरा मात्रै पुस्तकमा उल्लेख गरेको बताउदै जनताको बिचारलाई आत्मसात गरेर अहिलेको परिबर्तनलाई सेनाले साथ दिएको कटुवालको भनाई छ ।
देशमा भैरहेको राजनैतिक अन्यौलताले गर्दा बिदेशी शक्तिहरुले खेल्न पाएको प्रशंग कोट्याउदै उहाले सबै शक्तिहरु एक भएर अगाडि बढ्नेहो भने कसैलेपनि आखा लगाउन नसक्ने कटुवालले दाबी गरे । झण्डै २ घण्टा बोलेका कटुवालले आफु १०० बर्ष बाचेर सामान्य नागरिकको जिवन जिउन चाहेको बताए ।
