विनोद रखाली मगर
गल्याङ्, पौष १३
स्याङ्जाको मालुङ्गामा रहेको संगम साहित्य समाजको आयोजनामा सन्चालित १० दिने नेतृत्व विकास उद्घोषण तथा आधारभुत पत्रकारिता तालिम सम्पन्न भएको छ ।
तलिमको समापन गर्दै पूर्व सभासद मोहन प्रसाद पाण्डेयले युवा परिर्वतनको सवांहक भएको र समाज परिर्वतनमा युवाहरुको महत्वपूर्ण भूमिका रहने बताउदै उनिहरुलाई सहि मार्गमा लगाउर्दै रोजगारको सिर्जना गर्नु पर्नेमा जोड दिए । पण्डेयले समयमा नै संविधान जारी हुनेमा संङ्का रहेको बताउदै यदि संविधान आइ हाले पनि सवै जातजाती भाषा भाषि धर्म समुदायलाई समेटेर आउन नसक्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस मालुङ्गा गाविस सभापति शालिकराम वस्याल, सार्वजनिक उच्च मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकराज वस्याल, मालुङ्गा प्राथमिक स्वास्थ्य केन्द्रका सञ्चालन समितिका अध्यक्ष नन्दलाल वस्याल, स्वतन्त्र पत्रकार संघका केन्द्रीय सदस्य तथा प्रशिक्षक टीकाराम अधिकारी, नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति स्याङ्जाका सचिव गुम बहादुर राना मगर, सञ्चारकर्मी संघका केन्द्रीय अध्यक्ष तथा प्रशिक्षक लोकराज भण्डारी, लक्ष्मी टेलिभिजनका समाचार प्रमुख तथा प्रशिक्षक विनोद रखाली मगर, कार्यक्रम संयोजक खगेन्द्र भण्डारी लगायतले बोलेका थिए ।
१० दिन सम्म सन्चालित तालिममा ५० जनाको सहभागिता रहेको थियो । तालिमको सहजिकरण पत्रकार टीकाराम अधिकारी, लोकराज भण्डारी, विनोद रखाली मगर, गोपीकृष्ण रेग्मी, प्रेमनारायण रेग्मी, खगेन्द्र भण्डारीले गरेका थिए । विभिन्न साहित्यिक प्रस्तुती सहित समापन समारोहमा राष्ट्रिय तथा स्थानिय लोक कलाकारहरुले आफ्ना प्रस्तुती राखेका थिए ।
संगम साहित्य समाजका अध्यक्ष अर्जुन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य शर्मिला वस्यालले गर्नुभएको थियो भने सञ्चालन प्रदिप वस्याल र सीता वस्यालले गरेका थिए ।
