सावेतमा ‘युम्पो देउराली’

Read Time:1 Minute, 54 Second

मनोज घर्तीमगर

गुरुङ फिल्म ‘युम्पो देउराली’ अर्थात् ‘ढुङगे देउराली’ को छायांकन सुरु भएको छ । गुरुङ भाÈा र संस्कृतिमा आधारित फिल्मको कास्कीको दाङसिङ सावेत गाउँमा धमाधम छायाङ्कन भइरहेको छ । सावेतमा ७० प्रतिशत र बाँकी पोखरामा छायांकन गरिने फिल्म अभियान फिल्मस् प्रोडक्सन पोखराको सातौं प्रस्तुति भएको युम्पो देउरालीका निर्देशक एवं जिफानका अध्यÔ वेदबहादुर गुरुङ ‘श्याम’ले बताए । युम्पो देउरालीका निर्मातासमेत रहेका निर्देशक श्यामले अभियान फिल्मका प्रमुख निर्देशक÷निर्माता स्वर्गीय लोकबहादुर गुरुङको अधुरो सपना पूरा गर्न युम्पो देउरालीको भइरहेको सुनाए ।

युम्पो देउरालीको कथा स्वर्गीय गुरुङले लेखेका हुन् भने फिल्ममा उनले रचना गरेका दुई गीत समावेश हुनेछन् । तमू संसार त्रैमासिक पत्रिकाका प्रधान सम्पादकसमेत रहेका गुरुङले फिल्मको कथा लेखेर निर्माणको तयारी गर्दैगर्दा भदौ १९ गते ६७ वर्Èको उमेरमा उनको निधन भएको थियो । लोकबहादुरको निधन भएपछि श्यामले अब सबै अभिभारा बहोर्नुपरेको छ । फिल्ममा साजन गुरुङ, धनमाया गुरुङ, लक्ष्मी गुरुङ, आनन्द गुरुङ, बलबहादुर गुरुङ, रुपादेवी गुरुङ, कुलबहादुर गुरुङलगायत पर्दामा देखिनेछन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %