सिद्धार्थ यातायात अध्यक्षमा सारु

Read Time:3 Minute, 1 Second

सनु थापा मगर

वुटवल । सिद्धार्थ यातायात समितिको अध्यक्षमा सूर्य कुमार सारु निर्वाचित भएकका छन । समितिको पुस ५ गते भैरहवामा सम्पन्न २० औं अधिवेशनबाट अत्याधिक मतका साथ सारु मगर निर्वाचित भएको हो । समितिका निवर्तमान महासचिव सारु मगरले १६४ तथा प्रतिद्वन्दी निवर्तमान अध्यक्ष दीपक शर्माले ६१ मत प्राप्त गरेका थिए ।

  निर्बाचित भएपछि सारु मगरले यातायात ब्यवसायीको हकहीत र यातायात क्षेत्रमा देखिएका समस्या सुधारका गर्ने प्रबिद्धता जनाएका छन । अधिवेशनबाट उपाध्यक्ष (क) मा रामबहादुर पौडेल, समितिको वरिष्ठ उपाध्यक्षमा मणिलाल खरेल, उपाध्यक्ष (ख) मा खड्गबहादुर गुरुङ, महासचिवमा इजहार वारिस निर्वाचित भएका छन । वारिसले १४९ र महासचिवका अर्का उम्मेदवार सुनिल मिश्रले ६३ मत प्राप्त गरेका थिए । सचिवमा टिका भट्टराई, कोषाध्यक्षमन जितेन्द्र क्षेत्री, सहसचिव(क)मा धनबहादुर गुरुङ (सेते), सहसचिव(ख) मा अर्जुन थापा मगर निर्वाचित भएका छन । नवनिर्वाचित सदस्यहरुमा खिमलाल पोखरेल, लोकबहादुर गुरुङ, शंकर पराजुली, शंकर थापा मगर, दीपक कार्की र शैलेन्द्र कुमार गूप्ता रहेका छन ।

नवनिर्वाचित सारुले संघिय एक्सप्रेस संग कुरा गर्दै अब आफ्नो कार्यकालमा सबै संघ संस्थाहरुसंग समन्वय गरेर यातायातको क्षेत्रलाई थप ब्यवस्थित र मर्यादित बनाउन पहल गर्ने बताएका छन । बढ्दै गइरहेको सडक दुर्घटनालाई न्युनिकरण र सुरक्षीत यात्राको लागि स्तरिय गाडीहरुको व्यवस्थाका साथै चालकहरुको दक्षताका लागि समितिले विशेष ध्यान दिने प्रतिबद्धता ब्यत्त गरेका छन ।

२० औ महाधिवेशन बाट पारित भएका एजेन्दा र विषयहरुलाई प्राथमीकताका साथ कार्यान्वयनमा ल्याउने बताए । यातायात व्यवसायीहरुको समस्या र यातायात क्षेत्रको विकासको लागि सधै तत्पर छु, सारूको भनाइ थियो । सवारी धनीहरु र चालकहरुको बिमा रकम थप गर्ने र जटिल रोगहरु लागेको खण्डमा ५० प्रतिशत सम्मको उपचार खर्च समितिले उपलब्ध गराउन लागेको बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %