देब पचभैया
पाल्पा, पौष ८
नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाले माघ ८ भित्र संबिधान जारी गर्ने बाचा पुरा गर्न राजनैतिक दलका नेताहरुलाई आग्रह गरेका छन । जनताले दोश्रो पटक पनि चार बर्से म्यान्डेड दिएर पठाउदा समेत उनै नेताहरुले माघ ८ भित्र संबिधान जारी गर्ने कसम खाएको तर संबिधान जारी गर्ने बेलामा आएर दलहरु आपसी झगडामा रुमलिएकाले संबिधानको माग गर्दे देशभरका पत्रकारहरु आन्दोलित बन्न्नु परेको झाको भनाई छ ।
नेपाली जनतासंग गरेको बाचा नतोडौ,२०७१ माघ ८ भित्रै संबिधान निर्माण गरौ भन्ने मुल नाराका साथ केन्द्रको निर्देशनमा नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आज बिहान आयोजना गरेको धर्ना तथा प्रर्दशन कार्यक्रम लाई संबोधन गर्दे पुर्ब अध्यक्ष झाले आफैले बाचा गरेको कुरा किन पुरा गर्न सकिरहेको छैन भनेर जनताले पनि प्रश्न गरीरहेकाले पत्रकारहरुले नागरिकको आवाजलाई बोकेर ३ महिने आन्दोलनमा उत्रिएको झाको भनाई थियो ।
दलहरुले नैतिकताको बोध गर्नुपर्नेमा जोड दिदै संबिधान निर्माणको लागी सहयोग चाहिने देशै भरका पत्रकारहरु सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो ।
राजनैतिक आस्थाका केन्द्र, भरोसाका केन्द्र, यो देशलाई कसरी रुपान्तरण गर्ने भन्ने कुराको निर्णायक दलहरु नै अन्यौल परेको भन्दै त्यो अन्यौल किन भयो भनेर जनताले जानकारी पाउनुपर्नेमा जोड दिएका थिए । सबै नेपालीले गर्ब गर्न सक्ने सबैको भावनालाई समेट्ने संबिधान जारी गर्नुपर्नेमा समेत जोड दिएका छन । जिल्ला प्रशासन कार्यालय पाल्पाको मुल गेटमा एक घण्टा धर्ना दिएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ पत्रकार मेघ राज शर्मा, नागरिक समाज पाल्पाका उपाध्यक्ष मिन बहादुर केसी, पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल लगाएतका बक्ताहरुले संबिधान जारी नभएसम्म आफुहरुको आन्दोदन जारी रहने जानकारी दिएका थिए ।
पत्रकार महासंघको आब्हानमा भएको कार्यक्रममा पेशागत संघसस्थाका प्रतिनिधि नागरिक समाजका अगुवा, पाल्पा उधोग बाणिज्य संघ लगाएतको सहभागीता रहेको थियो । पाल्पामा जस्तै आज देशै भरका पत्रकारहरुले माघ ८ गते भित्र सम्बीधान जारी गर्न माग गर्दे जिल्ला प्रशासन कार्याल अगाडि एक घण्टा धर्ना दिएका छन् ।
