गोबिन्द घर्ती
पौष १ । नेपाल मगर संघ देवदह नगरपालिका वडा नं ४ को वडा भेला सम्पन्न भएको छ । सो अवसरमा बोल्ने वक्ताहरुले शिक्षा विना मगरहरुको प्रगति र उन्नती हुन नसक्ने हुदा शिक्षालाई बढि महत्व दिनु पर्ने बताएका थिए । उनीहरुले मगरहरुको पहिचान भनेको भाषा, संस्कार र संस्कृति भएको हुदा यसको संरक्षण र सम्वद्र्धन गर्न सम्पूर्ण मगरहरु एक जुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । वडा समितिका अध्यक्ष खिमबहादुर विरकट्टाको अध्यक्षतामा भएको कार्यक्रममा रेडियो देवदहका स्टेशन म्यानेजर यम राना, संघका सल्लाहकार चन्द्रबहादुर राना, संघका उपाध्यक्ष डम्वर बहादुर थापा, मन कुमारी थापा, जयबहादुर थापा लगायतले बोल्दै मगरहरु जव सम्म एकजुट हुन सक्दैन तव सम्म अधिकार प्राप्त गर्न नसकिने बताएका थिए । सोही अवसरमा खिमबहादुर विरकट्टामगरले नेपाल मगर संघ देवदह नगरपालिका वडा नं ४ लाई करिव १० धुर जग्गा प्रदान गरेका छन । देवदह नगरपालिका–४, भवानीपुरमा रहेको १० धुर जग्गा संघको भवन निर्माणको लागि जग्गा प्रदान गरीएको हो । त्यसैगरी देवदह–४, भवानीपुर निवासी जयबहादुर थापाले पनि संघलाई करिव ३ धुर जग्गा प्रदान गरेका छन । कार्यक्रममा जग्गा दाता खिमबहादुर विरकट्टा, उहाका श्रीमति तथा जग्गा दाता जयबहादुर थापा र उहाका श्रीमतिलाई संघले सम्मान गरेको थियो । भेलाले चन्द्रबहादुर रानाको अध्यक्षतामा ११ सदस्यीय नया कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा डम्वरबहादुर थापा, सचिवमा कुलबहादुर दर्लामी, कोषाध्यक्षमा खेमबहादुर सारु, सहसचिवमा विष्णु माया रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा शसबहादु्र पुन, लक्ष्मी पुन, मनकुमारी थापा, वीरबहादुर थापा, झकबहादुर थापा, पम्फा देवी थापा रहेका छन । ईन्द्रबहादुर थापाको संचालनमा भएको कार्यक्रममा खिमहादुर सारुले ४ लाख ६६ हजारको आर्थिक प्रतिवेन प्रस्तुत गरेका थिए ।
