विनोद रखाली मगर
पोखरा, मङ्सिर २९
सङ्घिय समाजवादी पार्टी नेपालको भातृ सङ्गठन अग्रगामि विद्यार्थी युनियनको ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन पौष १, २ र ३ गते सम्म पोखरामा हुने भएको छ । सम्मेलनकोे सघिंय समाजवादि पार्टी नेपालका अध्यक्ष मा. अशोक कुमार राईले उद्धघाटन गर्ने कार्यक्रम रहेको अग्रगामि विद्यार्थी युनियनका अध्यक्ष विवेक राईले जनाए । पोखराको चिप्लेढुङ्गामा हुने उद्धघाटन समारोहको तयारी अन्तिम चरणमा पुगेको तयारी समितिका स्थानिय सयोंजक फरेन्द्र थापा मगरको भनाई छ । देशैभरका विभिन्न ६० जिल्ला देखि विद्यार्थी प्रतिनिधिहरु पोखरामा आउने क्रम जारी रहेको छ । नेपाल मगर संघ कास्कीको सभाहलमा पोष २ गते वन्द शत्र र ३ गते घोषणासभा तथा समापन हुने अग्रगामि विद्यार्थी युनियनले जनाएको छ ।
