मराङमा २४ सै घण्टा प्रसुती सेवा

Read Time:2 Minute, 0 Second

राज्य सत्ता

बेनी(म्याग्दी) मंसिर २२ गते । जिल्लाको एक दुर्गम गाउँमा २४ सै घण्टा प्रसूती सेवा सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य सेवाको पहुँच पुग्न नसकेको म्याग्दीको दुर्गम गाउँ मराङमा रहेको स्वास्थ्य चौकीमा प्रसुती केन्द्र (वर्थिङ सेन्टर) स्थापना भएको हो । यसअघि प्रसुती सेवाका लागि दरवाङ र सदरमुकाम बेनी पुग्न बाध्य मराङका सर्वसाधारणले अवदेखि गाउँकै स्वास्थ्य संस्थाबाट उक्त सुबिधा प्राप्त गर्ने भएपछि गाउँलेहरु उत्साहित भएका छन् ।

चालु आर्थिक वर्षबाट स्वास्थ्य चौकीमा स्तरउन्नती भएको चौकीले आईतबार देखि सुरक्षित प्रसुती सेवा पनि सुरु गरेको अहेव मोहन गर्बुजाले जानकारी दिनुभयो । उहाँका अनुसार मराङ ९ की २७ वर्षिया दलमाया गर्बुजाले प्रसुती केन्द्रमा पहिलो पटक छोरा जन्माएकी हुन ।

सुरक्षित प्रसूती सेवाका लागि अनमी तिलकुमारी गर्बुजालाई आवश्यक तालीम प्रदान गरि खटाइएको छ । चौकीबाट २४ सै घण्टा प्रसूती सुबिधा उपलब्ध रहेको जनाइएको छ । प्रसव अवस्थाको जोखिम न्युनीकरण गर्दै मातृ शिशू मृत्युदर घटाउन म्याग्दीमा रहेका ४१ वटा स्वास्थ्य संस्था मध्य हालसम्म मराङ स्वास्थ्य चौकी सहित २० वटामा २४ सै घण्टा सुरक्षित प्रसुती सेवा सञ्चालन भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %