ग्रिल व्यवसायीहरुकोभेलाले अशोक बर्माको नेतृत्वमा नया समिति चयन

Read Time:1 Minute, 17 Second

दिल थापा
बुटवल, २२ मंसिर 
बुटवल उद्योग बाणिज्य संघ अन्र्तर्गतका ग्रिल व्यवसायीहरुको आज सोमवार संघ सचिवालयमा सम्पन्न भेलाले अशोक बर्माको नेतृत्वमा नया समिति चयन गरेको छ ।
समितिको उपसभापतिमा राम प्रसाद पाण्डे र सदस्यमा महेन्द्र कुमार कार्की, मान बहादुर बिक, उमेश श्रेष्ठ, तुल्सि राम केसी तथा सल्लाहकारमा चन्द्र गुप्तरत्न शाक्य र तुला बहादुर सारु रहेका छन ।
भेलामा बोल्दै संघका उद्योग उपाध्यक्ष अनिल श्रेष्ठले बस्तुगत समितिको क्रियासिलताका लागि संघले बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने र व्यवसायी स्वयंले पनि आफ्नो क्षेत्रका समस्या समाधान, व्यवसायको बिबिधिकरण र बिशिष्टिकरणमा ध्यान दिनुपर्ने बताए ।
संघका कार्यसमिति सदस्य तथा समन्वयकर्ता मोहन लाल जोशीको सभापतित्वमा भेला भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %