महिला हिंसा विरुद्धको अभियान

Read Time:2 Minute, 18 Second

गोविन्द घर्ती

रुपन्देही मंसीर २१ । महिलाहरुको विभिन्न संघ संगठनहरुले १६ दिने महिला हिंसा विरुद्धको अभियान चलाईरहेका बेलामा देवदह क्षेत्रमा बलात्कारको घटना दिनप्रतिदिन घटिरहेको छ । रुपन्देहीको देवदह क्षेत्रबाट महिलालाई बलात्कार गरेको आरोपमा दुईजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

पाल्पाको गोठादीबाट रुपन्देहीको खैरेनी तर्फ आउदै गरेको अवस्थामा पाल्पा गोठादी निवासी टुक्का राना (नाम परिवर्तन) लाई दाउन्नेको जंगलमा बलात्कार गरेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पिडित महिलाले उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको देवदह प्रहरी चौकी प्रमुख सूर्य कुवरले बताएका हुन । पाल्पाको गोठादीबाट खैरेनी तर्फ आउदै गर्दा देवदह नगरपालिका–७, निवासी प्रकाश अर्याल (बुद्धिसागर), खेम न्यौपानेले दाउन्नेको जंगलमा आफुलाई जर्वजस्ती बलात्कार गरेको पिडित महिलाले जनाएकी छन् ।

आरोपीत दुवै जनालाई देवदह प्रहरी चौकीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय बुटवल चलान गरिएको देवदह प्रहरी चौकीले जनाएको छ । आरोपित मध्ये न्यौपानेले आफुले बलात्कार गरेको स्वीकार गरेको र अर्यालले आफुले त्यस्तो कुनै प्रकारको काम नगरेको प्रहरी समक्ष बयान दिएको ईलाका प्रहरी कार्यालयले जनाएको छ । आरोपित दुवै जनालाई जिल्ला अदालत भैरहवाबाट म्याद थप गरी अनुसन्धान गरी रहेको र स्वास्थ्य परिक्षणको रिर्पोट नआएको हुदा केही भन्न नसकिएको प्रहरीले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %