दिल प्रसाद थापा
नेपाल मगर संघ बुटवल नगर समितिको आयोजनामा बुटवलको दिपनगर स्थित हिलपार्कमा पर्ने बाजेबजैको थानमा शनिबार विभिन्न कार्यक्रमका साथ भव्यताको साथ सम्पन्न भएको छ ।
नेपाल मगर संघ बुटवल नगर समितिका अध्यक्ष क्या. किसन बहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल मगर संघ केन्द्रीय सदस्य गम थापा मगर रहेका थिए । कार्यक्रममा विशिष्ठ अतिथी पश्चिम क्षेत्रिय प्रहरी तालिम केन्द्रका प्रमुख योगेश रोम्खानी अतिथीहरुमा नेपाल आदिवासी जनजाती महासंघका जिल्ला सम्नवय समितिका अध्यक्ष सन्तराम चाैधरी, फोनिज रुपन्देहीका अध्यक्ष मिलन गाहा, नेपाल मगर संघ जिल्ला समिति रुपन्देही का अध्यक्ष दल बहादुर विरकट्टा मगर, समाजसेवी प्रकाश राना, संघिय एक्सप्रेस का अध्यक्ष भिम बहादुर राना, पुर्व अध्यक्ष रुपसिह थापा मगर, सल्लाहकार भोज बहादुर बुढाथोकी, दिल बहादुर खाम्चा लगायत अतिथीहरुले शुभकामना मन्तव्य राखेका थिए ।
नगर समितिका उपाध्यक्ष गोपाल थापाको स्वागत मन्तव्य रहेको कार्यक्रममा वक्ताहरूले राज्य स्तरमा सबै जति, भाषा, संस्कृती सरकारले समान अधिकार र सहभागिता गराउन पर्ने बताए । वक्ताहरुले मगर समुदायले विश्व परिवर्तन र नेपालको अग्रगामी परिवर्तनको लागि महत्वपुर्ण भुमिका रहेको र नेपालमा तेस्रो ठुलो जाती भएता पनि अहिले सम्म राज्यले जनसंख्याको अधारमा राज्यको हरेक निकायमा समान सहभागिता गराउन नसकेको गुनासो गरेका थिए ।
कार्यक्रममा नगर समितिमा रहेका वडाहरुबाट मगर समुदायको भाषा, सस्कृती झल्कीने भोषभुषामा नृत्य प्रस्तृत गरिएको थियो । कार्यक्रमको संचालन सचिव मनोज रानाले गरेका थिए भने संस्कृतीक कार्यक्रम संचालन लक्ष्मी थापाको रहेको थियो । मगर समुदायमा बाजे बजै पुजा पहिलो प्रथामिक्तामा रहने गर्दछ र मगरहरुले बाजे बजै पुजामा पृतीहरुको सम्भना गरी आसिरवाद लिने चलन छ ।
वडा नं. १५ बाजे बजै पुजा सम्पन्न नेपाल मगर संघ वडा इकाइ समिती १५ मा ३३औ पृतीथान बार्षिक उत्सव एवम् बाजे बजै पुजा शनिबार बदेलपेखरी स्थित पृतीथानमा सम्पन्न भएको छ ।
वडा इकाइ समितिका अध्यक्ष दल बहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी डा. नेत्र राना मगर रहेका थिए भने विशिष्ठ अतिथी नेपाल मगर संघ रुपन्देहीका पुर्व उपाध्यक्ष केश बहादुर श्रीस रहेका थिए । कार्यक्रममा नगर सदस्य बल बहादुर थापा, पुर्व नगर उपाध्यक्ष जंग बहादुर श्रीस मगर, पुर्व अध्यक्ष हुम बहादुर आले लगायत अतिथीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा पुर्व अध्यक्षहरु, मगर भाषा प्रशिक्षक, समाजसवी , चिकित्सक, पत्रकार, प्रहरी लगायत ३२ जना व्यक्तित्वहरुलाई सम्मान स्वरुप सम्मान पत्र वितरण गरिएको थियो । मगर समुदायको हक अधिकारको निम्ती सम्पुर्ण मगरहरु एक भएर लाग्नु पर्ने बत्ताहरुले बताए । कार्यक्रममा विष्णु कुमार नाम्जाली मगरले मगर समुदायी भवन को निम्ती नगद एक लाख रुपैया सहयोग गरेका थिए भने वनीसरा थापामगरले ट्रस बनाउन सहयोग गर्नुका साथै ट्रसको शिलन्यास गरेकी थिइन ।
कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष शेर बहादुर पुन मगरको रहेको थियो भने कार्यक्रम संचालन सचिव लिल कुमार रानाले गरेका थिए ।
