दिल प्रसाद थापा
बुटवल- पढाइमा एकदमै लगनशिल र अब्बल हुदाँ हुदै पनि गरिबीको कारण र आर्थिक अवस्था कमजोर कुमारी राई पढेर ठुलो मान्छे बन्छु भन्ने सपनालाई अधुरो हुनबाट बचेकी छिन “हाम्रो भविष्य” समाजिक संजाल युवा समुहले कुमारी राई र उनकी दुई बहिनी गरि तिनै जना दिदी बहिनीलाई पढ्नको लागि चाहिने सम्पुर्ण शैक्षिक सामाग्री कापी, कलम, किताव, स्कुले, ड्रेस,स्विटर, जुत्ता सहयोग गरेको छ ।
बुटवल ४ मैनाबगर स्थित ग्रामिण सुकुम्बासी बस्तीमा वस्ने ११ वर्षकी कुमारी राई उजिरसिंह उच्चमाविमा कक्षा चार मा अध्यनरत छिन । कुमारी राईको ५८ वर्षका बुवा र उनकी आमा धनमाया राई घर परिवार पाल्नको निम्नी ज्याला मजदुरी गर्ने गर्दछन । उनको बुवा आमा विहानै निर्माधिन ठुला ठुला भवनमा मजदुरी गर्न हातमा बेल्चा लिएर बालुवा, गिट्टी सँग खेल्न पुग्छन । उनलाई सहयोग गर्न पुगेका समुह उनको घरमा पुग्दा कुमारी राईको आमा मुजदुरी गर्न गइसकेका थिए ।
उनको बुवा अनुसार पाच छोरी एक छोरा भएकोमा दुइ छोरीको विवाह भइसकेको बताए । आफु बुढेसकाल लागे पछि अहिले उनलाई पहिलाको भन्दा राम्रो ज्याला र कमाइ गर्न नसकेको अवस्थामा आफ्नो छोरा छोरी पढाउन धौ धौ भएको बताए । हाम्रो भविष्य समुहको सहयोगले गर्दा आफुले पढाउन नसक्ने अवस्थामा आफ्नो छोरीहरु पढ्न पाएकोमा खुसी भएको बताए ।
हाम्रो भविष्यले विशेष गरेर गरिवीबाट पढ्न बन्चित बालवालिकाहरुको लागि पढ्न पाउन भन्ने ध्ययले निस्वार्थ रुपले सहयोग गर्ने युवा समुहको एक निस्वार्थ संस्था हो । आर्थिक अवस्था कमजोर र अत्यन्तै गरिव जेहन्दार विद्यार्थीलाई छात्रवृती तथा पढ्न चाहिने समाग्री सहयोग गर्ने गरेको छ । यस समुहले तामनगर स्थित नवरत्न बोडिङ्ग स्कुलमा गुरास थापालाई मासिक शुल्क देखि सम्पुर्ण शौक्षिक सामाग्रि सहयोग गरेको छ ।
यस समुहका संस्थापक संयोजक मघुबम मल्ल हुन हाल उनी हङकङमा छन । मल्ल लगायत उनका साथीहरु ७ जना मिलेर हाम्रो भविष्य बनाएको धन बहादुर रहादी मगरले बताए । यस समुहमा मधुबम मल्ल हाल हङकङ, योगेश श्रेष्ठ हाल द.कोरिया, धन बहादुर थापा हाल कतार, देवेन्द्र गुरुङ्ग हाल अमेरिका र महेश थापा, धन बहादुर थापा, बुद्धिबल थापा रहेका छन ।
