सुशासन परियोजना (सुप)को प्रशिक्षण कार्यक्रम सम्पन्न

Read Time:2 Minute, 2 Second

दिल प्रसाद थापा

बुटवल । मंसिर २० सुशासन परियोजनाद्धारा आयोजित बुटवल नगरपालिका टोल विकास संस्थाका पदाधिकारीहरुलाई एकिकृत सामुदायिक योजना तर्जुमा प्रक्रियामा पहुच सम्बन्धी दई दिने अनुशिक्षण कार्यक्रम बुटवलको होटल दियालोमा शनिबार सम्पन्न भएको छ ।
हरेक आर्थिक नगरपालिकाद्धारा वार्षिक बजेटको योजना तर्जुमा सम्बन्धी तथा आफ्नो टोलमा नगरपालिकाबाट विनियोजित बजेटको सदुपयोग सम्बन्धी प्रशिक्षण दिईएको थियो । प्रशिक्षणमा आफ्नो टोल विकासको लागि प्रस्ताविक योजना परे नपरेको थाहा पाउनको लागि सम्बन्धी निकायमा सहजका साथ सम्पर्क तथा सहभागिता बढाउने तथा सम्बन्धीत निकायमा अनुगमन कसरी गरिने सम्बन्धी प्रशिक्षण दिइएको थियो । कार्यक्रममा नगर क्षेत्रका १८ टोल विकास समितीको सहभागिता रहेको छ । प्रशिक्षण कार्यक्रममा विशोष गरि बुटवल नगरपालिका सहरी गरिवी क्षेत्रमा रहेका टोलहरुलाई लक्षित गरि आयोजना गरिएको सुपका सदस्य योशदा थापाले बताइन । उनका अनुसार प्रशिक्षणको सहयोगले नगरपालिकामा रहेको गरिवी क्षेत्रका टोल विकास समितीले आफ्नो क्षेत्रमा बजेट पार्न सहज भएको साथै सफल भएको बताइन ।
कार्यक्रममा तानसेन नगरपालिकाको आन्तरिक राजश्व प्रमुख मधुसुधन घर्तीको सहजिकरणमा सम्पन्न भएको थियो भने कार्यक्रमको व्यवस्थापन बुटवल नगर पालिका नगर संयोजक मोहन थापाको रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %