धरानमा चासोकको भब्य तयारी

Read Time:3 Minute, 5 Second

भैरब आङ्ला, धरान

प्रकृति पुजक किरात लिम्वूहरुको महान पर्व चासोक तङनामको भव्य तयारी धरानमा सम्पन्न भएको छ ।

किरात याक्थुङ चुम्लुङ धरान नगर समितिको आयोजनामा मंसिर २० गते देखि २४ गते सम्म पाच दिन चल्ने चासोक तङनाम सांस्कृतिक पर्यटन उत्सवको उदघाटन किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष उत्तमसिं थाङदेनले गर्नुहुनेछ ।

धरान १५ को चुम्लुङ हिम परिसरमा हुने सो उत्सवमा २० भन्दा वढी विभिन्न जनजातिय परिकारहरुको स्टल राखिने जनाईएको छ । चासोक तङनामको अवसरमा आज सुनसरीको धरानमा किरात याक्थुङ चुम्लुङ केन्द्रीय सम्पर्क कार्यालय सुनसरीको आयोजनामा आज धरानको चुम्लुङ हिममा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष उत्तमसिं थाङदेनले चासोक तङनामलाई लिम्बु जातिको मात्र नभई सबैजातिको चाड बनाउनु पर्ने र यो अवसरमा ३ दिनसम्म सरकारी विदा पाउनु पर्ने बताएका थिए । कार्यक्रममा प्रा.डा. टंक न्यौपानै, आदिवासी जनजाति महासंघ सुनसरी अध्यक्ष खम्बासिं तमु, सुजेन्द्र गोले तामाङ, इलाका प्रहरी कार्यालयका डिएसपि संजयसिं थापा, इलाका प्रशासन धरानका प्रमुख सीताराम कार्की र धरान नगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा आदिवासी जनजाति महासंघमा आवद्ध सबै जातिय संस्थाका अध्यक्ष तथा प्रतिनिधि, चुम्लुङका प्रतिनिधिहरु, पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पश्चात लिम्वू जातिको मौलिक संस्कार अनुसारका तरेजा खुवाईएको थियो । भोली देखि वुधवार सम्म हुने चासोक तङनाम सांस्कृतिक पर्यटन उत्सवमा लिम्वू जातिको मौलिक संस्कृति झल्कीने कार्यक्रमहरु हुने आयोजक किरात याक्थुङ चुम्लुङ धरान नगर समितिका अध्यक्ष सुवासचन्द्र हुक्पाचोवाङले जानकारी दिए । चासोक तङनाम शनिवार विहान चुम्लुङ हिममा सामुहिक चासोक न्वागी पुजा भएर सुरु हुने वताईएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %