देब पचभैया
पाल्पा, मंशिर १७ – नेपाली काग्रेस र एमालेले भने जसरी बहुमतको भरमा संबिधान बन्न नसक्ने एकिकृत नेकपा माओबादीका सचिब बर्षमान पुनले दाबी गरेका छन् ।
यदि उनीहरुले बहुमतको बलमा संबिधान जारी गरे त्यो कानुनी संबिधान मात्रै भएपनि युगको संबिधान नबन्ने र त्यसको ब्यवहारमा लागु हुन पनि नसक्ने उनको ठहर छ । क्रान्तीकारी पत्रकार संघ पाल्पाले आज (बुधबार) बिहान तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सचिब पुनले भन्नुभयो “यदि काग्रेस, एमालेले आफु खुशि संबिधान जारी गरे त्यो उनीहरुले राजनिति नबुझेको हुन्छ, अहिलेको परिस्थित नबुझेको हुन्छ । ”
सबैको भावना र बिचारलाई समेटेर सहमतिका आधारमा अझै पनि माघ ८ गते भित्र संबिधान जारी गर्न सकिने भन्दै उनले सहमतिको संबिधान बनाउन भनेरै आफुहरु संग पहिलो संबिधानमा बहुमत भएपनि काग्रेस र एमालेको बिचारलाई मनन गरेर संबिधान जारी नगरेको बताए । माघ ८ गते संबिधान जारी नभए अहिलेका राजनैतिक दलहरु स्वत असफल हुने उनको ठम्याई छ । संबिधान निर्माणको क्रममा प्रदेशको संख्यामा धेरै थोरैमा सहमति भएपनि बिगतको उत्पिडनलाई समेट्न पहिचान र सार्मथ्यको सवालमा आफुहरु पछि नह्टे उनको भनाई छ ।
सहमतिको संबिधान जारी गरेर त्यसको कार्यान्वायनको लागी सहमतिको सरकार बनाउन सकिने तर्क गर्दे एमाओबादी सचिब पुनले तर सहमतिको संबिधान जारी नभईकन अब नया सरकारको कल्पना गर्न नसकिने पुनलेबताए । नेकपा माओबादी बाट भर्खरै फुटेको नेत्र बिक्रम चन्द समुह तर्फ संकेत गदै उनले बिना कारण पार्टी फुटाएको आरोप लगाए ।
बिना कज नया पार्टी बन्न सक्दैन उनले भने, बैद्ध जिले रोपेको बिउ हो यो, त्यो बिउ बाट फेरी नया बिउ थपिन सक्छ । उनले चन्द र प्रकान्त बिच पनि फेरी कुरा नमिलेर अर्को पार्टी बन्न सक्ने दाबीगरे । संबिधान जारी नभए वा बहुमतको भरमा संबिधान जारी भए चन्द समुहबाट र नया समुह बाट पनि हतियार उठाउन सक्ने बताए । संबिधान निर्माणको लागी गठन भएको आदिबासी जनजाति राष्ट्रिय आन्दोलनको कार्यक्रममा सहभागी हुन उनि पाल्पा आएको हो ।
