आशिर्वाद पुन मगर
गोर्खा जिल्ला, वुङ्कोट १, सुसारे निवासी दिल बहादुर थापा मगरकी छोरी वर्ष २४ कि मानसिक सन्तुलन गुमाएकी सुश्री अम्बिका थापा मगरलाई २०७१ मंगसिर १६ गते मंगलबार मलेसियाबाट रु ३०,१०१ (अक्षरुपि तीस हजार एक सय एक रुपैया मात्र) सहयोग प्राप्त भयो ।
सहयोग रकम काठमाडौँ, कलंकी स्थाई घर भै हाल मलेसियाको जोहोर बाहरुमा व्यवसाय गरि बस्नु हुने पुष्मिता ठाडा मगरको एकल प्रयास बाट भएको हो । उक्त सहयोग रकम मगर भाषाका आदिकबी श्री जित बहादुर सिन्जाली मगर साहित्य प्रतिष्ठानका बर्तमान अध्यक्ष सन्जोग लाफा मगर ज्यु, निबर्तमान अध्यक्ष कुन्ता थापा मगर ज्यु, बिजयसिंह थापा मगर ज्यु, अम्बिका थापा मगरकी बहिनि रोनिया थापा मगर र द मगर्स क्रिएसनका आशिर्वाद पुन मगर ज्युको रोहबरमा पुष्मिता ठाडा मगरकी बहिनि अमृता थापा मगरको हातबाट हस्तान्तरण गरिएको हो ।
अम्बिका सम्बन्धि समाचार २०७१ असोज १२ गते कान्तिपुर राष्ट्रिय दैनिकमा सम्प्रेषण भए पश्चात् विजयसिंह थापा मगर र डा.अजयसिंह थापा मगर दुई दाजु भाईले उद्दार गरि उपचारको निमित्त काठमाडौ ल्याएका हुन । अम्बिकाको २०७१ असोज १४ गतेदेखि महाराजगन्ज स्थित त्रिवि शिक्षण अस्पतालको मानसिक वार्डमा उपचार भैरहेको थियो भने हाल ललितपुरको बागडोल स्थित कोशिश मानसिक अस्पतालमा उपचार भै रहेको छ । परिवारको आर्थिक अवस्था ज्यादै कमजोर रहेको हुदा हाल विभिन्न व्यक्ति र संघ सस्थाको सहयोगबाट उपचार भैरहेको र बिरामीको अवस्था अत्यन्तै सुधार हुँदै गएको कुरा बिजय सिंह थापा मगरले बताएका छन । अम्बिकाले २०६५ साल देखि अस्वभाविक व्यबहार देखाउनु थाले पछि विगत २ वर्षदेखि घरकै कोठामा बन्दी जीवन विताउदै आएकि थिईन ।
पुष्मिता ठाडा मगर ज्युले, मलेसियामा पनि दुखमा परेका धेरै नेपाली दाजुभाई दिदी बहिनिहरुलाई सहयोग गरेकी छन । अम्बिका थापा मगर बहिनिको बारेमा कान्तिपुर र विभिन्न सामाजिक संजालमा पढेर बहिनिलाई सहयोग नगरी रहन सकिन भनेर भन्छिन पुष्मिता ठाडा मगर ज्युले । ठाडा मगर ज्युले आपत बिपतमा परेका र असहायहरुलाई सहयोगी हातहरु बढाउन सबैलाई आग्रह पनि गरेकी छन । यस्ता कार्यले अरुलाई पनि सहयोग गर्ने प्रेरणा मिल्ने बताउनु भएको छ । तेस्तै, ठाडा मगर ज्युले आज रकम हस्तान्तरण कार्यमा सहयोग पुर्याउनु हुने सबैलाई हृदय देखि नै धन्यवाद दिएकी छिन ।
